खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगरद्वारा अध्ययन

 मंसिर ११, २०८१ मंगलबार १५:३१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले शहरीकरणले क्षय भएको 'ब्लु ल्यान्डस्केप' अर्थात् नदी, पोखरी, तलाउ, धारालगायत पानीजन्य प्रणाली र 'ग्रीन ल्यान्डस्केप' अर्थात् बगैँचा, पार्क, खुला हरियाली ठाउँको जीवन्तता प्राप्त गर्ने विषयमा पूर्व सम्भाव्यता अध्ययन शुरू गरेको छ । गएको असोज १७ गतेदेखि शुरू भएको अध्ययन आउँदो चैत १८ गते सकिनेछ ।

अध्ययन आकाशे पानी सङ्कलन र भूमिगत पानी पुनर्भरण, कोरिडोरलाई हरियाली र ‘इकोलोजिकल’ चक्र नवीकरण, बाग्मतीसहित उपत्यकाका नदी प्रणालीमा हरियाली, सडक सञ्जाल र तरल फोहर प्रशोधन सेवा, अनौपचारिक बस्ती व्यवस्थापन कार्ययोजना र नमूना परियोजना तथा शहरी वन, पार्क एवम् खुला ठाउँको उपलब्धताका विषयमा केन्द्रित हुनेछ ।

शहरी योजना आयोगका सदस्य बाबुराम भट्टराईका अनुसार यसअघि गरिएका प्रयत्न क्षेत्रगत मात्र भएका कारण अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन । विगतको कमजोरी सच्याउँदै एशियाली विकास बैंक (एडीबी) को प्राविधिक सहयोगमा एकीकृत विकासको आधारका लागि अध्ययन थालिएको भट्टराईले बताउनुभयो । परम्परागत पानीका मुहान तथा राजकुलोमाथिको अतिक्रमणले ढुङ्गेधारामा पानी आउन छाडेकाे उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया