परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ११ लाख ७० हजार रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका–९ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका–१६ बस्ने ३६ वर्षीय पदमबहादुर भुजेल र झापाको बाह्रदर्शी गाउँपालिका–३ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४१ वर्षीय कात्र्तिकलाल राजवंशी रहेका छन् ।
वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै कोइरालाले एक जनाबाट एक लाख, सर्बिया पठाइदिने भन्दै भुजेलले एक जनाबाट तीन लाख र अल्बानिया पठाइदिने भन्दै राजवंशीले एक जनाबाट सात लाख ७० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
तीनै जनालाई काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।