परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कप खेल्न यूएई जाने नेपाली टोलीलाई आज नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिदाइ गर्दैछ । नागपोखरीको एक होटलमा क्यानले नेपाली टोलीलाई बिदाइ गर्न लागेको हो ।
युवा टोली भोलि यूएई प्रस्थान गर्नेछ । आउँदो शुक्रवारदेखि यूएईमा शुरू हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ । क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहेका छन् ।
मङ्सिर १४ देखि २३ गतेसम्म हुने एशिया कपमा नेपालको पहिलो खेल मङ्सिर १४ गते श्रीलङ्कासँंग रहेको छ । दोस्रो खेल १६ गते बङ्गलादेश र अन्तिम खेल १८ गते अफगानिस्तानसँग हुनेछ । एसीसीको आयोजनामा हुने प्रतियोगितामा एशियाका आठ वटा देशले सहभागिता जनाउँदै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।