परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ विन्दुमा पुगेको छ ।
आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज बेस्ट फाइनान्स, सुपर मादी हाइड्रोपावर, कर्पाेरेट विकास बैंक, स्वाभिमान लघुवित्त र सप्तकोशी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन ङादी ग्रुप पावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो सात अर्ब ७२ करोडको शेयर कारोबार भएकोमा आज तीन सय नौ वटा कम्पनीका एक करोड २२ लाख कित्ता शेयर ६ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।