सुदूरपश्चिमबाट एनपीएल खेल्न न्युजिल्यान्डका कुगेलेइन र इङ्ग्ल्यान्...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले सार्वभौम साख मूल्याङ्कनमा नेपालले 'डबल बी माइनस' रेटिङ पाएपछि उत्साह थपिएको जनाएको छ ।
सिबिफिनले आज विज्ञप्ति निकालेर दक्षिण एशियाका अन्य देशहरूमध्ये छिमेकी मित्रराष्ट्र भारतपछि दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको जनाएको छ । यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो देश भएको प्रमाणितसमेत गरेको सिबिफिनको ठहर छ ।
देशको अर्थतन्त्रका बाह्य सूचकहरू निकै बलियो स्थितिमा रहेको, पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम हुँदाहुँदै पनि अपेक्षित रूपमा लगानी/कर्जा विस्तार हुन नसकेर आर्थिक गतिविधिले तीव्रता लिन नसकिरहेको अहिलेको अवस्थामा भएको यो मूल्याङ्कनले समग्र निजी क्षेत्रमा समेत विश्वासको वातावरण सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । यस्तै लगानी विस्तार, कर्जा प्रवाह तथा पूँजी परिचालनका लागि ठूलो अवसर सिर्जना गरेको सिबिफिनले जनाएको छ ।
नेपालको सार्वभौम साख मूल्याङ्कनले बैंक/वित्तीय संस्थालाई विदेशबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बीमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन/ऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका लागि सञ्जिवनी बुटीको कार्य गर्ने सिबिफिनले विश्वास लिएको छ ।
नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील राष्ट्र हुँदै गरेको सन्दर्भमा साख मूल्याङ्कनको क्रममा देखिएका कमी कमजोरीहरूलाई तत्काल सुधार तथा स्तरोन्नतिसहित अघि बढ्न सिबिफिनको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।