श्रेयस अय्यरकाे रेकर्ड ताेडियाे, लखनउले ऋषभ पन्तलाई २७ कराेड भारुमा अनुबन्ध गर्‍याे

 मंसिर ९, २०८१ आइतबार १७:०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतीय क्रिकेट टिमका विकेटकीपर ब्याटर ऋषभ पन्त इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै महँगा खेलाडी बनेका छन् । भारतकै श्रेयस अय्यरलाई पछि पार्दै पन्त आईपीएल इतिहासकै महँगा खेलाडी बनेका हुन् ।

आउँदाे वर्षकाे आईपीएलका लागि आज भएकाे अक्शनमा पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ कराेड भारुमा अनुबन्ध गरेकाे हाे । यसअघि दिल्ली क्यापिटल्समा रहेका पन्तकाे न्यूनतम अक्शन मूल्य २ कराेड भारु रहेकाे थियाे ।

यसअघि आजै अय्यरलाई पञ्जाब किङ्ग्सले २६ कराेड ७५ लाख भारुमा अनुबन्ध गरेकाे थियाे ।

यसअघि मिचेल स्टार्कलाई गएकाे वर्ष काेलकाता नाइट राइडर्सले २४ कराेड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी सर्वाधिक महँगा खेलाडी बनेका थिए ।

यो समाचार तयार पार्दासम्म आजको अक्शनमा इङ्गल्यान्डका जोस बटलर १५ करोड ७५ लाखमा गुजरात टाइटन्समा, अस्ट्रेलियाका मिचेल स्टार्क ११ करोड ७५ लाखमा दिल्लीमा, दक्षिण अफ्रिकाका कागिसो रबाडा १० करोड ७५ लाखमा गुजरातमा, भारतका मोहम्मद शमी १० करोडमा सनराइजर्स हैदराबादमा, भारतकै युजवेन्द्र चाहल १८ करोड भारुमा पञ्जाबमा अनुबन्ध भएका छन् ।

यस्तै भारतका मोहम्मद सिराज १२ करोड २५ लाखमा गुजरातमा, भारतकै केएल राहुल १४ करोड भारुमा दिल्लीमा अनुबन्ध भएका छन् । यस्तै भारतका अर्शदीप सिंहलाई पञ्जाबले १८ करोड भारुमा ‘राइट टु म्याच’ (आरटीएम) को विकल्पमा अनुबन्ध गरेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया