भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत

 मंसिर ९, २०८१ आइतबार ६:२९:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको महाराष्ट्र राज्यको विधानसभा चुनवामा सत्तारुढ गठबन्धन अत्यधिक बहुमतले विजयी भएको छ । दुई सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धन महायुक्तीले दुई सय ३३ सीट जितेको छ ।

भाजापा मुख्यमन्त्री एकनाथ सिन्देको शिवसेना र अजित पवारको एनसीपीसहितको महायुती गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा गरेको हो । विपक्षी गठबन्धन महा विकास अघाडी (एमभीए) ले ४१ सिट जितेको छ । एमभीएमा कंग्रेससँगै उद्धव ठाकरेको शिवसेना, शरद पवारको एनसीपी (एसपी) लगायत सहभागी छन् । छ सिटमा अन्य दलहरू विजयी भएका छन् ।

महाराष्ट्रका सबै दुई सय ८८ विधानसभा सिटका लागि बुधवार मतदान भएको थियो । भारतमा पछिल्लो समय बढ्दै गएको विभाजनको राजनीतिले महाराष्ट्रको चुनावी परिणाम पनि प्रभावित हुने अनुमान् विपरीत सत्तारुढ गठबन्धनले सहज जीत प्राप्त गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

यस्तै झारखण्डमा कांग्रेससमेत रहेको झारखण्ड मुक्ति मोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गरेको छ । ८१ सदस्यीय विधानसभामा जेएमएमले ५६ सीट जितेको छ । भाजपाले २४ सीट जितेको छ । झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चाले एक सिट जितेको छ । झारखण्ड विधानसभा चुनाव दुई चरणमा सम्पन्न भएको हो । महाराष्ट्र र झारखण्डसँगै विभिन्न राज्यमा दुई लोकसभा र ४६ विधानसभा सिटका लागि उपचुनाव भएको हो ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया