कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराध कसूरमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर अर्थात् झन्डै ३२ अर्ब नेपाली रुपैयाँ लगानी रहेको भन्दै प्रसाईंले हिजो बेलुका केही कागजात सार्वजनिक गरेका थिए ।
देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिको नाम र हस्ताक्षर कीर्ते गरेर गलत विवरण तयार पारी भ्रम फैलाएको भन्दै सीआईबीको टोलीले प्रसाईंलाई उनको घर भक्तपुरबाटै पक्राउ गरेको हो । प्रसाईंले प्रधानमन्त्री ओलीको नाम र हस्ताक्षरसहित विवरण सार्वजनिक गरे पनि नाम थर र हस्ताक्षर नमिलेकाले उनले गलत विवरण सार्वजनिक गरेर भ्रम फैलाएको आरोप लागेको छ ।
ओली सन् २०१९ मा एउटा बिजनेस सम्मेलनमा भाग लिन कम्बोडिया जाँदा त्यहाँको टेलिकम कम्पनीमा शेयर होल्डरको रूपमा ३२ अर्ब नेपाली रुपैयाँ बराबरको लगानी गरेको प्रसाईंको जिकिर छ ।
साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले विभिन्न मुद्दा चलाउने तयारी गरेको छ । उनले प्रधानमन्त्रीकै नाम र हस्ताक्षर कीर्ते गरेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिताअनुसार सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरीमाना हुनसक्छ । यस्तै हस्ताक्षर कीर्ते कसुरमा पाँच वर्ष कैद र पाँच हजार रुपैयाँसम्म जरीमाना हुन सक्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।