दिल्लीको वायु प्रदूषण नियन्त्रण गर्न चौथो तहको योजना लागू

 मंसिर ३, २०८१ सोमबार ८:५५:३ | एजेन्सी
unn.prixa.net

वायु प्रदूषण झनै घातक अबस्थामा पुगेपछि भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्धसहित चौथो तहको योजना लागू भएको छ ।

यसअघि शुक्रवार तेस्रो तहको योजना लागू गरेकोमा आज बिहान ७ बजेदेखि चौथो तहको योजना लागू भएको बीबीसी हिन्दीले जनाएको छ । आज बिहान दिल्लीमा हावाको गुणस्तर मापन सूचक एक्यूआई नौ सय ३१ रहेर विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर बनेको छ ।

एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई मानव स्वास्थ्यका लागि घातक मानिन्छ । तर दिल्लीमा त्यसको तीन गुणा भन्दा धेरै प्रदूषण भएको हो । प्रदूषण नियन्त्रण गर्ने चौथो तहको योजनाअनुसार दिल्लीमा आजदेखि विद्युतीय र भारत स्टेज स्टयान्डर्ड (बीएस) ६ बाहेकका गाडी चलाउन पूर्ण रुपमा प्रतिबन्ध लागेको छ ।

यस्तै निर्माण कार्य, सार्वजनिक ठाउँमा आगो बाल्ने काम, डिजलबाट चल्ने जेनेरेटरहरू चलाउने लगायतका काममा पनि प्रतिबन्ध लागेको छ । यसअघि तेस्रो योजनामै कक्षा पाँचसम्मका विद्यालयहरु बन्द गरिएका छन् । 
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया