इजरायली सेनाको आक्रमणमा हिजबुल्लाहका प्रवक्ताको ज्यान गयो

 मंसिर ३, २०८१ सोमबार ६:४३:५१ | एजेन्सी
unn.prixa.net

इजरायली रक्षा बल (आईडीएफ) को आक्रमणमा लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह) का प्रवक्ता मोहम्मद अफिफको ज्यान गएको छ । लेबनानको राजधानी बेरुतमा रहेको रास अल–नबामा भएको आक्रमणमा अफिफको ज्यान गएको बीबीसीले जनाएको छ ।

अफिफ हिजबुल्लाहका उच्च सञ्चारसम्बन्ध अधिकारी र बेरुतका धेरै पत्रकारहरूका लागि सङ्गठनको सम्पर्क व्यक्ति थिए । उनी गएको सेप्टेम्बर २७ मा मारिएका हेजबुल्लाहका पूर्वमहासचिव हसन नसरल्लाहको सञ्चार सल्लाहकारसमेत रहेका बीबीसीको खबरमा उल्लेख छ ।

यस अघि हमासका नेता लक्षित आक्रमण गरिरहेको आईडीएफले केही समयदेखि हिजबुल्लाहका शीर्ष तहका नेताहरू लक्षित आक्रमणलाई बढाएको छ । प्यालेस्टाइनी समूह हमासले इजरायलमा आक्रमण गरेयता नै इजरायलले हिजबुल्लाहविरुद्ध पनि आक्रमण गरिरहेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाको आक्रमणमा लेबनानमा कम्तीमा ३ हजार जनाको ज्यान गइसकेको छ । १४ हजारभन्दा बढी घाइते भइसकेका छन् भने १३ लाख मानिस विस्थापित भएका छन् । 
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया