पालिका उपचुनाव : बिहानैदेखि मतदाताको उत्साहजन सहभागिता (फो...
मंसिर १६, २०८१ आइतबार
भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटर अर्थात् एक्समा पोस्ट गर्दै लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण सफल भएको जानकारी गराउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
रक्षामन्त्री सीहले यो उपलब्धिका लागि बधाई ज्ञापन गर्नुभएको छ । भारतले ओडिसाको डा. एपीजे अब्दुल कलाम टापुबाट हिजो मिसाइलको सफल परीक्षण गरेको हो ।
भारतीय शसस्त्र बल र रक्षा अनुसन्धान एवम् विकास सङ्गठनले संयुक्त रूपमा मिसाइलको परीक्षण गरेका हुन् । भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेर ठूलो उपलब्धि हासिल गरेको रक्षा मन्त्री सिंहले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।