६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – आज देशका धेरैजसो ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी क्षेत्रको एक/दुई ठाउँमा बदली र सामान्य वर्षाको सम्भावना रहे पनि सबैजसो ठाउँमा मौसम सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
अहिले तराईका केही ठाउँमा हुस्सु लागेको छ । दिउँसो हुस्सु हट्नेछ । आज पनि काठमाण्डौ उपत्यकासहित विभिन्न शहर र तराई क्षेत्रमा वायु प्रदूषण उच्च छ । बिहान चितवनको भरतपुरमा हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५५ रहेको छ ।
यस्तै काठमाण्डौको रत्नपार्क, खुमलटार, भक्तपुरलगायतका ठाउँमा रहेका मापन केन्द्रहरुले पनि एक्यूआई एक सय ५० आसपासमा रहेको देखाएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई एक सय ५० भन्दा बढी हुनुलाई अस्वस्थ मानिन्छ । भारत, पाकिस्तानलगायतका देशको प्रदुषित हावा नेपाल आइपुग्दा र त्यसमा स्थानीय उत्पादनसमेत थपिएकोले नेपालमा वायु प्रदुषण बढेको विज्ञहरु बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।