सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – आज सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
यस वर्ष सांस्कृतिक सम्पदाको संरक्षण र यसको अवैध व्यापार रोक्न अन्तर्राष्ट्रिय समुदायको सङ्कल्पलाई बलियो बनाउने सन्देशलाई केन्द्रमा राखेर दिवस मनाउन लागिएको हो ।
यसले विश्वभरि कानूनी र नीतिगत पहललाई प्रोत्साहित गर्दै सांस्कृतिक सम्पत्तिको संरक्षणमा सबैको साझा भूमिका रहेको कुरालाई पनि उजागर गर्ने छ । दिवसले सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानि र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउन मद्दत पुर्याउने विश्वास गरिएको छ ।
नेपालमा रहेका पुराना मूर्तिहरू, मन्दिरका कलाकृति र ऐतिहासिक धरोहरहरू हाम्रो सांस्कृतिक पहिचान र गौरवका प्रतिक हुन् । तर यी सम्पत्तिहरू चोरी, तस्करी र विनाशको चपेटामा परेकाले संरक्षणमा चुनौति रहेको विज्ञहरु बताउँछन् ।
नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा सरकारले कडा कानूनी नीति र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य आवश्यक रहेकोमा उनीहरुको जोड छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।