६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनिक टिम बनाउन थाल्नुभएको छ । सन् २०२५ को जनवरी २० तारिखमा ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिने कार्यक्रम छ । तर त्यसअघि नै उहाँको प्रशासनिक टिमले आकार लिन थालिसकेको बीबीसीले जनाएको छ ।
ट्रम्पले फ्लोरिडाका रिपब्लिक विधायक माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा प्रस्ताव गर्नुभएको खबरमा उल्लेख छ । पूर्व आप्रवासन निर्देशक टम होम्यनालाई सीमाको जिम्मा दिइने भएको छ ।
पूर्व विधायक जी जेल्डिनलाई यूएस इन्भारमेन्ट प्रोजेक्ट एजेन्सीको जिम्मेवारी दिइएको छ । यस्तै एलाईस स्टेफानिक राष्ट्र सङ्घका लागि अमेरिकी दूतमा चयन हुनुभएको छ । ट्रम्पका लागि महान्यायाधिवक्ता चयन भने चिन्ता र चुनौतीका विषय बनेको छ ।
ट्रम्पको प्रमुख एजेण्डा आप्रवासीबारे ठोस निर्णय गर्न तथा उहाँका विरोधीसँग कानुनी लडाइँ लड्न यी दुवै विषयमा महान्यायाधिवक्ताको भूमिका जरुरी भएको छ । पहिलो कार्यकालमा ट्रम्पले महान्यायाधिवक्ता र गुप्तचर विभाग (एफबीआई) का प्रमुखलाई समेत बर्खास्त गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।