६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
कतारले इजरायल र हमासबीच निर्वाह गर्दै आएको मध्यस्थताको भूमीकाबाट अलग भएको घोषणा गरेको छ । युद्धविरामको पहल गर्दै आएको कतारले अब इजरायल र हमासले वार्ताका लागि इच्छा व्यक्त नगरेसम्म मध्यस्थता नगर्ने बताएको बीबीसीले जनाएको छ ।
अमेरिकाले कतारमा हमासका नेताहरुको उपस्थितिलाई नस्वीकार्ने बताएपछि कतारको निर्णय सार्वजनिक भएको हो । हमासले युद्ध अन्त्यको प्रस्ताव नमानेको भन्दै अमेरिकाले अब कतारमा हमासको उपस्थिति अस्वीकार्य भएको बताएको थियो ।
कतारको विदेश मन्त्रालयले निकालेको विज्ञप्तीमा १० दिन अघि नै सबै पक्षलाई सूचना दिएर वार्ता निष्कर्षबिहिन भएमा मध्यस्थताको भूमिकाबाट अलग हुने जानकारी दिएको र त्यही अनुसार अलग भएको उल्लेख छ । सन् २०१२ देखी कतारको राजधानी दोहामा हमासको राजनीति सञ्चालित छ ।
गएको अक्टोबरमा हमासले इजरायली भूमीका आक्रमण गरेपछि प्रभावितहरुलाई जोखिम क्षेत्रबाट हटाउन, राहात पुर्याउन र युद्धबन्दी रिहाइसँगै युद्ध रोक्न कतारले मध्यस्थताको काम गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।