परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
अमेरिकाको नवनिर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पले 'स्वीङ स्टेट'का रूपमा रहेको एरिजोनामा पनि जीत हासिल गर्नुभएको छ । योसँगै ट्रम्ले अमेरिकी राष्ट्रपती चुनावमा जीत हासिल गर्न महत्त्वपूर्ण मानिएका सात वटै 'स्वीङ स्टेट'मा जीत हासिल गर्दै स्वीङ क्लिन स्वीप गर्नुभएको बीबीसीले जनाएको छ ।
योसँगै ट्रम्पको पक्षमा तीन सय १२ इलेक्टोरल मत भएको छ । उहाँकी प्रतिस्पर्धी एवम् वर्तमान् उपराष्ट्रपति कमला ह्यारिसको दुई सय २६ मत भएको छ । अमेरिकी राष्ट्रपती चुनाव जित्न दुई सय ७० मत भए पुग्छ । यस्तै माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले कम्तीमा ५२ सदस्य जितेको छ ।
माथिल्ल्लो सदनमा बहुमतका लागि ५० सीट चाहिन्छ । अझै पनि एरिजोना र पेन्सिल्भेनिया राज्यहरूबाट परिणाम आउन बाँकी छ । तल्लो सदनमा रहेका चार सय ३५ मध्ये ट्रम्पको पार्टी रिपव्लिकनले दुई सय १५ सीट आफ्नो पक्षमा पारेको छ । अझै पनि १९ ठाउँको परिणाम आउन बाँकी छ । तल्लो सदनमा बहुमतका लागि दुई सय १८ सीट चाहिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।