पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका महत्त्वपूर्ण पदमा नियुक्ति गर्न थाल्नुभएको छ । उहाँले आफ्नो चुनावी अभियानकी वरिष्ठ सल्लाहकार सुजी वाइल्सलाई ‘चीफ अफ स्टाफ’ मा नियुक्त गर्नुभएको छ ।
अमेरिकाको इतिहासमा ‘चीफ अफ स्टाफ’ पदमा पुग्ने वाइल्स प्रथम महिला हुनुहुन्छ । उहाँले ह्वाइट हाउसमा प्रमुख नीति र दैनिक गतिविधि हेर्ने भूमिका निभाउने बीबीसीको खबरमा उल्लेख छ ।
राष्ट्रपतिको सचिवालयका कर्मचारीको नेतृत्व पनि ‘चीफ अफ स्टाफ’ ले नै गर्छन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल अब ७५ दिन पनि बाँकी छैन ।
गएको मङ्गलवार भएको चुनावमा डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपतिमा चुनिनुभयो । साथै उपराष्ट्रपतिमा रिपब्लिकन पार्टीकै जे.डी. भान्स निर्वाचित हुनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।