६ वटा देशमा एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – सरकारले निर्माण व्यवसायीलाई पाँच अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयले निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको आठ अर्ब ७१ करोडमध्ये पाँच अर्ब पाँच करोड रुपैयाँ भुक्तानी गरेको जानकारी दिनुभयो । अब मन्त्रालयले निर्माण व्यवसायीलाई तीन अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम ६० प्रतिशत रकम भुक्तानी गरेको उहाँले बताउनुभयो । विनियोजन विधेयकले गर्दा निर्माण व्यवसायीलाई पहिलो तीन महिना भुक्तानी गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।
कात्तिक लागेसँगै भुक्तानी गर्न अर्थ मन्त्रालयसँग स्वीकृत माग गरेकाले बाँकी रहेको भुक्तानी चाँडै हुने भौतिक पूर्वाधार मन्त्रालयका सचिव शर्माको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।