परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले बधाईसहित कार्यकालकाे पूर्ण सफलताको कामना गर्नुभएको हो ।
ट्रम्प प्रतिस्पर्धी कमला ह्यारिसलाई हराउँदै हिजो अमेरिकाको ४७ औँ राष्ट्रपतिमा विजयी हुनुभएको हो । प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यसअघि हिजो ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले पनि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।