स्पेनको बार्सिलोनामा वर्षाका कारण रेल सेवा अवरुद्ध

 कात्तिक २०, २०८१ मंगलबार १२:३९:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

स्पेनको बार्सिलोनामा ठूलो वर्षा हुँदा रेल सेवा अवरुद्ध भएको छ । स्पेनको पूर्वी भागमा गएको हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई सय जनाभन्दा धेरै मानिसको ज्यान गएको थियो । त्यसपछि पनि निरन्तर आइरहेको पानी र आँधीका कारण बार्सिलोनामा रेल सेवा अवरुद्ध भएको हो ।

स्पेनी यातायातमन्त्री ओस्कार पुएन्टेले नागरिक सुरक्षा अधिकारीहरूको अनुरोधमा उत्तरपूर्वी क्याटालोनियाको ८० लाख जनसङ्ख्या भएको क्षेत्रमा सबै यात्रुवाहक रेल सेवा स्थगित गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

बार्सिलोनाका मोबाइल फोनहरूमा शहरको दक्षिणी सीमामा ‘अत्यधिक र निरन्तर वर्षा’ को चेतावनीसहितको सूचना गएको थियो । चेतावनीमा मानिसहरूलाई सामान्यतया सुक्खा खोँच वा नहरबाट टाढा रहन आग्रह गरिएको थियो ।

वर्षाका कारण हवाई यातायात नियन्त्रकहरूले बार्सिलोनाको विमानस्थलमा सञ्चालन भइरहेका १५ उडानको मार्ग परिवर्तन गर्नुपरेको खबरमा उल्लेख छ । बाढीका कारण धेरै राजमार्ग बन्द छन् ।

यसैबीच भ्यालेन्सियामा अझै पनि भत्किएका र क्षतिग्रस्त संरचना पन्छाएर शवहरूको खोजी भइरहेको छ । नागरिक, स्वयंसेवक र हजारौं सैनिक तथा प्रहरी अधिकारीले हिलो र भग्नावशेष सफा गर्न भन्दै अभियान नै सञ्चालन गरेर सहयोग गरिरहेका छन् ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया