पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
साउदी अरबको उत्तर–पश्चिममा रहेको खैबर ओएसिसमा कांस्य युगको एक शहर पत्ता लागेको रोयल कमिशन फर अलउला (आरसीयू) ले घोषणा गरेको छ । प्लस वनमा प्रकाशित विवरणअनुसार पुरातत्वविद्हरूले लामो अध्ययनपछि कांस्य युगको शहर पत्ता लगाएको उल्लेख छ ।
आरसीयूले पत्रकार सम्मेलन गरी पुरातत्व क्षेत्रमा र यसको सांस्कृतिक समृद्धिमा भएको खोजबारेमा जानकारी गराएको समाचारसंस्था एएनआईले जनाएको छ ।
फ्रेन्च नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चका अनुसन्धाता डा.गुइलौम चार्लोक्स र आरसीयूका पुरातात्विक सर्वेक्षण प्रबन्धक डा.मुनिराह अल–मुशावहको नेतृत्वमा सञ्चालित खैबर लङ्ग ड्युरे पुरातात्विक परियोजनाको ढाँचामा गरिएको यो खोजले तेस्रो सहस्राब्दीको दोस्रो आधामा त्यस क्षेत्रमा घुमन्ते पशुपालन जीवनबाट बसोबास गर्ने शहरी जीवनमा भएको रूपान्तरणलाई चित्रण गर्छ ।
अल–नताह नाम दिइएको फेला परेको शहरले किल्ला र शहरहरू भित्र आवासीय र दफन क्षेत्रहरूको स्पष्ट विभाजनको प्रमाण प्रदान गरेको खोज प्रतिबेदनमा उल्लेख छ ।
त्यहाँ ईसापूर्व २४०० र २००० बीचदेखि ईसापूर्व १५०० र १३०० सम्म पाँच सय व्यक्ति बसोबास गर्ने उल्लेख छ । खैबर ओएसीसमा सुरक्षाका लागि १५ किलोमिटर लामो ढुङ्गाको पर्खालले घेरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।