पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – कर्णाली याक्सले वेस्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टनलाई अनुबन्ध गरेको छ । कर्णाली याक्सले जमैकाका ३९ वर्षीय दायाँ हाते शीर्ष क्रमका ब्याटर वाल्टनलाई भित्राएको जानकारी दिएको हो । वाल्टन नेपाल प्रिमियर लिग खेल्ने कर्णाली याक्सका तेस्रो विदेशी खेलाडी हुन् ।
यसअघि कर्णालीले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको छ । वाल्टनलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले टिम थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।