काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै – सरकारले आउँदो माघ महिनामा १० देखि १४ वर्ष उमेर समूहका किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्ध 'एचपीभी' खोप अभियान सञ्चालन गर्ने भएको छ ।
विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । १६ लाख ८८ हजार किशोरीले एचपीभी खोप लगाउने सरकारको अनुमान छ । माध्यमिक तहका विद्यालयलाई खोप केन्द्र बनाउने तयारी रहेको पनि उहाँले बताउनुभयो ।
यसअघि सरकारले सात प्रदेशका एक/एक वटा सङ्घीय अस्पतालमा नमूनाका रूपमा अभियना सञ्चालन गरी नौ हजार नौ सय ९९ किशोरीलाई 'एचपीभी' खोप लगाएको थियो । सरकारले निःशुल्क लगाउन लागेको यो खोपको बजार मूल्य ६ हजार रुपैयाँ रहेको छ ।
नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।