पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेल तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
फाइनल खेलको प्रत्यक्ष प्रसारण टुँडिखेल, चावहिल फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ) बाट प्रत्यक्ष प्रसारण गरिने काठमाण्डौ महानगरले जनाएको छ । यी तीन ठाउँमा एलईडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण हुनेछ ।
यो खेल हेर्न धेरैलाई चाहना भएको तर खेलमैदानमै पुगेर हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन भएकाले खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि तीन ठाउँमा व्यवस्था मिलाएको महानगरले जनाएको छ ।
नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्नका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज बिहानदेखि काठमाण्डौको भद्रकाली र ललितपुरको जावलाखेलबाट टिकट बिक्री गरेको थियो । तर टिकट सकिएको भन्दै लाइनमा बसेकाहरूले नाराबाजी गरेका थिए । नेपाल र बङ्गलादेशबीचको फाइनल खेल बेलुकी साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।
यसैबीच एन्फाले सूचना निकालेर दशरथ रङ्गशाला लैजान नपाइने वस्तुहरूबारे जानकारी गराएको छ । रङ्गशालामा बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिला हातहतियार र वा औजार लैजान पाइने छैन ।
यस्तै चुरोट, लाइटर, सलाई, मादक वा नशालु पदार्थ, ठूला झोला, हेल्मेट, विना अनुमतिका ब्यानर, झण्डा, पोस्टर, पानी वा अन्य कुनै पेय पदार्थका बोतल वा क्यान, लेजर लाइटर, छाता, लिपिस्टिक, नेलकटर, कैची, काइयो लगायतका वस्तु लैजान पाइने छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।