काठमाण्डौका बजारमा तिहारको सामान किन्न ग्राहकको भीड

 कात्तिक १४, २०८१ बुधबार १२:२०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तिहार पर्व विधिवत् रूपमा शुरू भएसँगै काठमाण्डौको असन, इन्द्रचोक, न्युरोड, लगनखेललगायतका बजारमा किनमेल गर्नेको घुइँचो बढेको छ । बजारमा अत्यावश्यक वस्तु, लत्ताकपडा, सुनचाँदी, तामा, भाँडाकुँडा र पूजाको सामग्री किनमेल गर्नेको घुँइचो छ ।

लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल बढेसँगै व्यापारीलाई भ्याइनभ्याइ छ । पुस्तौंदेखि असन चोकमा काजु, बदाम, ओखरलगायतका 'ड्राइ फ्रुट्स' को व्यापार गर्दै आएका सुजन प्रधानले हिजोदेखि भाइमसला किन्ने ग्राहक बढेका बताउनुभयो ।

असनमा १५ वर्षदेखि बत्तीको व्यवसाय गर्दै आएका अर्का व्यापारी पूर्णबहादुर महर्जनले पनि सामान्य समयभन्दा पाँच/छ गुणा धेरै व्यापार भइरहेको बताउनुभयो ।

तिहारका लागि आवश्यक सामग्री किनमेल गर्न बजार पुगेका ग्राहकले महँगी उच्च भएको गनुासो गरेका छन् । कलङ्कीबाट किनमेलका लागि असन पुगेकी कमला सुवेदी र सरिता दाहालले बजार भाउ छोइनसक्नु रहेको बताउनुभयो ।

किनमेल गर्न न्यूरोड पुगेका धेरैले अत्यधिक मूल्यवृद्धि हुँदा पनि सरकारले बजार अनुगमन प्रभावकारी रूपमा गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया