कर्णालीमा उत्पादन भएको स्याउले यसपालीको दशैँमा राम्रो बजार पायो

 असोज २७, २०८१ आइतबार १२:१३:३४ | रासस
unn.prixa.net

तस्बिर : रासस

सुर्खेत – कर्णाली प्रदेशको हिमाली जिल्लामा उत्पादित स्याउले यसपालीको दशैँमा राम्रो बजार पाएको छ । जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्रीमा केही प्रभाव पारेको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कंडेलले बताउनुभयो । उहाँका अनुसार सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउको राम्रो कारोबार भएको छ ।

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा पछिल्लो पटक यो सिजनमा उत्पादन भएको कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिनुभयो । सुर्खेतको विरेन्द्रनगरका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो एक सय ५० देखि दुई सय ५० रुपैयाँ र चीनको स्याउ प्रतिकिलो एक सय ६० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि बजार विस्तारमा केही सघाउ पुगेको बताउनुभयो ।

गएको भदौमा सडक अवरुद्ध हुँदा केही समस्या भएपनि दशैँका बेलामा मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको किसान र व्यापारीले बताएका छन् ।  

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया