१९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा दोस्रो चरणमा २० जना खेलाडी

 असोज १८, २०८१ शुक्रबार ९:१३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोटमा दोस्रो चरणमा २० जना खेलाडी छनोट भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपको एशिया छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई छनोट गरेको हो । युवा महिला टोलीले दाङको लमही क्रिकेट मैदानमा तयारी गरिरहेको छ ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोट यूएईमा हुँदैछ । तालिकाअनुसार नेपालले पहिलो खेलमा कात्तिक २१ गते थाइल्यान्डसँग, कात्तिक २२ गते कुवेतसँग, कात्तिक २४ गते यूएईसँग, कात्तिक २५ गते फेरि थाइल्यान्डसँग, कात्तिक २७ गते कुवतेसँग र कात्तिक २८ गते यूएईसँग खेल्नेछ । ४ वटा टोली सहभागी रहने छनोट प्रतियोगिताका शीर्ष दुई टोली विश्वकपका लागि छनोट हुनेछन् ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट अर्काे वर्ष मलेसियामा आयोजना हुँदैछ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया