६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । गएको सोमवारदेखि भाउ घटबढ नभएको सुन आज शुक्रवार हरितालिका तीज पर्वको दिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।
सोमवार, मङ्गलवार, बुधवार, हिजो बिहीवार गरी लगातार चार दिन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलाको एक लाख ५३ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको भदौ १३ गते अहिलेसम्मकै उच्च तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउ ३० रुपैयाँ बढेको छ । हिजो एक हजार सात सय ६५ रुपैयाँ रहेको चाँदी आज तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।