६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – नेपालमा भरपर्दो इन्टरनेट र उच्च-गुणस्तरको टिभी सेवाहरूको माग बढ्दै गएकाले उपभोक्ताहरूले आफ्नो मनोरञ्जन र कनेक्टिभिटी आवश्यकताहरू पूरा गर्न उत्कृष्ट मूल्यमा सुविधाहरू खोजिरहेका छन् ।
यहाँ टिभी र इन्टरनेट दुवैको लागि धेरै सेवा प्रदायकहरू छन् तर जब मूल्यको कुरा आउँछ तीमध्ये धेरैजसो उच्च मूल्य र इन्स्टलेसन् चार्ज सँग ट्याग गरिएका हुन्छन् । यसका कारण बजेट-अनुकूल तर राम्रो पफर्मेन्स दिने इन्टरनेट टिभी वा केवल इन्टरनेट खोज्नु झन्झटिलो बनेको छ | तर चिन्ता नगर्नुहोस् ! हामी तपाईंलाई मद्दत गर्नेछौँ ।
यस लेखमा हामी नेपालमा उपलब्ध टिभी र इन्टरनेट सेवाहरूको बारेमा गहिराइमा छलफल गर्नेछौँ । हामी शुल्क, प्याकेजमा समावेश सुविधाहरू, उपकरणहरू र धेरै कुराहरू छलफल गर्नेछौँ ।
आईपी टिभी वा डिजिटल टेलिभिजन भनेको के हो ?
डिजिटल टिभी वा इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) भनेको इन्टरनेट मार्फत भिडियो कन्टेन्ट र टिभी च्यानलहरू प्रसारण गर्ने टेक्नोलोजी हो । टिभीमा हेरिने कन्टेन्ट इन्टरनेट मार्फत प्रसारण वा डेलिभर हुने भएकाले यसलाई इन्टरनेट टिभी वा डिजिटल टिभी भनिन्छ ।
इन्टरनेट टिभी हाम्रो घर र कार्यालयमा आरामसाथ टिभीको आनन्द लिन नयाँ तरीका हो । यसबाहेक दर्शकहरूले होम टिभी, सिम टिभी, भिया टिभी, डिश टिभी, नेट टिभी लगायतका सेवाहरू प्रयोग गरी टिभीको वास्तविकतामा पनि रमाइरहेका छन् ।
नेपालमा कुन इन्टरनेट र टिभी प्याकेज उत्कृष्ट छ ?
योजना वा प्याकेजहरूको विविधता, सेवाको गुणस्तर, ग्राहक समर्थन, मूल्य दायरा र कभरेज क्षेत्रको हिसाबले तुलना गर्दा, क्यारो टिभी नेपाल उत्कृष्ट विकल्पको रूपमा अगाडि आउँछ । वि.सं. २०७८ मा स्थापना भएको क्यारो टिभी नेपाल छोटो समयमा नै देशको सबैभन्दा ठूलो आईपीटीभी र इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ । आफ्नो चौथो वर्षमा प्रवेश गर्दा क्यारो टिभीले नेपालले लगभग सबै जिल्लाका प्रमुख शहरहरूमा आफ्नो सेवा सफलतापूर्वक विस्तार गरेको छ, जसले अभूतपूर्व कभरेज र सेवा गुणस्तर प्रदान गर्दछ ।
क्यारो टिभी नेपालसँग उत्तरदायी र सहयोगी समर्थन टोली रहेको छ, जसले २४/७ उत्कृष्ट ग्राहक समर्थन र सक्रिय सेवा वितरण सुनिश्चित गर्दछ । बजेट-अनुकूल ५० एमबीपीयस + आईपी टिभी प्याकेजदेखि हाई-परफर्मेन्स ३०० एमबीपीयस + आईपी टिभी प्याकेजसम्म, क्यारो टिभी नेपालले प्रत्येक आवश्यकता र बजेटका लागि उपयुक्त विकल्प उपलब्ध गराउँछ ।
उत्कृष्ट मूल्य निर्धारण, प्रिमियम एचडी च्यानलहरू र भरपर्दो उच्च-गतिको इन्टरनेटको साथ, क्यारो टिभी नेपालले मूल्यको राम्रो फाइदा प्रदान गर्दछ । त्यसैगरी क्यारो टिभी नेपालले गूगल, नेटफ्लिक्स जस्ता ओटीटी प्लेटफर्महरूलाई पनि समावेश गरेको छ, जसले उत्कृष्ट स्ट्रिमिङका लागि सीडीएन होस्ट गरिएको सर्भरहरू प्रयोग गर्छ ।
'ए ला कार्टे' मूल्य निर्धारण प्रणाली :
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार प्रिमियम च्यानलहरूको सदस्यताको मासिक शुल्क प्रति ग्राहक ४ सय ५० रुपैयाँ तोकिएको छ । यही सन्दर्भमा स्ट्यान्डर्ड च्यानलहरूको मासिक शुल्क प्रति उपभोक्ता २ सय ५० रुपैयाँ छ । तर क्यारो टिभी नेपालले आफ्ना प्रयोगकर्ताहरूलाई मासिक २ सय ५० रुपैयाँमा २०० भन्दा बढी प्रिमियम एचडी च्यानलहरू प्रदान गरिरहेको छ ।
क्यारो टिभी नेपालले स्टार, जी, सोनी, कलर्स, डिस्कभरी लगायतका प्रिमियम टिभी च्यानलहरू सबैभन्दा कम मूल्यमा उपलब्ध गराइरहेको छ । यी प्रिमियम टिभी च्यानलहरूसँगै उच्च गुणस्तरका निःशुल्क फ्री टु एअर (एफटीए) च्यानलहरू जस्तै नेपाल टेलिभिजन, कान्तिपुर, ग्लोबल टेलिभिजन इत्यादि पनि प्रदान गरिन्छ । एफटीए च्यानलहरूलाई कुनै सदस्यता आवश्यक पर्दैन र जुनै पनि घरधुरीमा खुला रूपमा प्रसारण गर्न सकिन्छ ।
नेपालकै उत्कृष्ट टिभी र इन्टरनेट प्रदायक : क्यारो टिभी नेपाल
सेवाहरू र विशेषताहरू:
क्यारो टिभी नेपाल आफ्नो व्यापक आईपीटीभी सेवाका लागि प्रख्यात छ, जसमा समाचार, खेलकुद, एड्भेन्चर, मनोरञ्जन, संगीत इत्यादिका लागि २०० भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू समावेश छन् । प्रयोगकर्ताहरूका लागि रोचक शो र फिल्महरू हेर्दा 'पज र प्ले', 'फास्ट-फर्वार्ड' आदि सुविधाहरू पनि उपयोग गर्न सकिन्छ ।
यसका साथै क्यारो टिभी नेपालले स्मार्ट एन्ड्रोइड सेट-टप बक्स पनि प्रदान गर्दछ, जसले पुराना टिभीहरूलाई स्मार्ट टिभीमा रूपान्तरण गर्छ । साथै सिंगल ब्यान्ड राउटरदेखि डुअल ब्यान्ड वाई-फाई ६ राउटरसम्मका विकल्पहरू पनि उपलब्ध छन् । वाई-फाई ६ अहिलेकाे सबैभन्दा नयाँ वायरलेस स्ट्यान्डर्ड हो, जसले नेटवर्कमा सुधार गरी इन्टरनेट कनेक्सनलाई अझ स्थिर र व्यापक रूपमा उपलब्ध गराउँछ ।
कम्पनीले विभिन्न आवश्यकताहरू र बजेटहरूलाई अनुकूल हुने खालको टिभी र इन्टरनेट प्याकेजहरू उपलब्ध गराएको छ । ती सबै प्याकेजहरू प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध छन्, जसका कारण गुणस्तरीय सेवाहरू सहजै व्यापक दर्शकहरू माझ पुर्याउन सकिएको छ । तपाईं दैनिक प्रयोगका लागि आधारभूत योजना खोजिरहनुभएको छ वा अतिरिक्त सुविधाहरू र उच्च गतिको साथ प्रिमियम प्याकेज चाहनुहुन्छ भने क्यारो टिभी नेपालसँग तपाईंका लागि उपयुक्त विकल्प उपलब्ध छ ।
सर्वश्रेष्ठ टिभी + इन्टरनेट प्याकेजहरू :
क्यारो टिभी नेपालले विविध आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका विभिन्न प्याकेजहरू प्रदान गर्दछ । यहाँ तिनका वार्षिक प्याकेजहरूबारे थप जानकारी छ :
माथि उल्लेखित मूल्यहरूमा कर र भ्याट समावेश गरिएको छैन । सेट-टप बक्सका लागि ५ सय र राउटरका लागि ५ सय रुपैयाँ जमानत रकम छुट्टै हुनेछ ।
माथि उल्लेखित प्याकेजहरू मध्ये कुन प्याकेज कुन कार्य परिस्थितिमा उपयुक्त हुन्छ, अब छलफल गरौं । आफ्नो आवश्यकताहरू र यहाँ छलफल गरिएका विशेषताहरू बीच तुलना गरी आफ्नो घर र कामका लागि उपयुक्त प्याकेज छनाेट गर्नुहोस् ।
• ५० एमबीपीयस + आईपी टिभी : सस्तो इन्टरनेट र टिभी प्याकेज
५० एमबीपीयस + आईपी टिभी प्याकेज, क्यारो टिभी नेपालको सबैभन्दा किफायती विकल्प हो र अहिलेसम्म उपलब्ध भएको सबैभन्दा सस्तो इन्टरनेट र टिभी प्याकेज हो । यो प्याकेजले पैसाको राम्रो मूल्य प्रदान गर्दछ, ५० एमबीपीयस इन्टरनेटका लागि मासिक १ सय ८४ रुपैयाँ लाग्छ । यसैगरी ४ सय ५० रुपैयाँ बराबरको प्रिमियम एचडी च्यानलसहितको आईपी टिभी मासिक २ सय ५० रुपैयाँमा उपलब्ध छ ।
यस प्याकेजमा सिंगल ब्यान्ड राउटर समावेश छ र यो सस्तो साथै भरपर्दो टिभी र इन्टरनेट खोजिरहेका व्यक्तिहरू वा साना परिवारहरूका लागि उपयुक्त हुन्छ । यसले एकैसाथ २-३ ओटा साधनहरु सपोर्ट गर्छ र ब्राउजिङ तथा सामान्य अनलाइन क्रियाकलापहरूका लागि प्रयोग गर्न सकिन्छ ।
• ७५ एमबीपीयस + आईपी टिभी : सर्वश्रेष्ठ घर इन्टरनेट टिभी योजना
क्यारो टिभी नेपालको ७५ एमबीपीयस + आईपी टिभी प्याकेज घरमा प्रयोगका लागि सर्वश्रेष्ठ इन्टरनेट र टिभी योजना हो । यस प्याकेजमा उच्च गतिको ७५ एमबीपीयस इन्टरनेट प्रति महिना २ सय ६६ रुपैयाँमा उपलब्ध छ साथै २ सय ५० रुपैयाँमा एचडी आईपी टिभी च्यानलहरू पनि उपलब्ध गराइएको छ ।
७५ एमबीपीयस प्याकेज सिंगल ब्यान्ड राउटरसहित आउँछ जसले मजबुत कनेक्सन प्रदान गर्छ । यो प्याकेजले उच्च गतिको इन्टरनेट र प्रिमियम एचडी च्यानलहरू प्रदान गर्छ, जसले गर्दा बहु-प्रयोगकर्ताहरुका लागि यो उत्कृष्ट विकल्प हो । यसले एकैसाथ ३-५ डिभाइस सम्हाल्न सक्छ, जसले गर्दा परिवारजनहरुले आरामले सुविधा उपभोग गर्न सक्छन् ।
• १२५ एमबीपीयस + आईपी टिभी : सर्वश्रेष्ठ आवासीय ब्रडब्यान्ड योजना
क्यारो टिभी नेपालको १२५ एमबीपीयस + आईपी टिभी प्याकेज ती व्यक्तिहरूका लागि उपयुक्त छ जो उच्च गतिको इन्टरनेट र अन्लिमिटेड मनोरञ्जनको साथ आवासीय ब्रडब्यान्ड योजना खोजिरहेका छन् । १२५ एमबीपीयस इन्टरनेटका लागि मासिक ३ सय २ र आईपी टिभीका लागि २ सय ५० रुपैयाँमा यो प्याकेजले सहज स्ट्रिमिङ र ब्राउजिङको साथसाथै प्रिमियम एचडी च्यानलहरू प्रदान गर्दछ ।
१२५ एमबीपीयस इन्टरनेट र टिभी योजना प्रयोगकर्ताहरूलाई डुअल ब्यान्ड वाई-फाई ६ राउटर प्रदान गरिन्छ । यस प्याकेज ठूलो परिवारहरू वा साना व्यवसायहरूका लागि उपयुक्त हुन्छ र एकैसाथ ५-७ साधनहरु सपोर्ट गर्छ । अत्यधिक इन्टरनेट प्रयोग, स्ट्रिमिङ र बहु-एप्लिकेसन सञ्चालनका लागि यो प्याकेज उपयुक्त छ ।
• २०० एमबीपीयस + आईपी टिभी : पबजी गेमरको प्याकेज
गेम खेल्नेहरूका लागि अब सजिलो भएको छ, किनकि हामीले पबजी मोबाइल, भीआर गेमिङ, प्लेस्टेशन गेमिङ जस्ता मोबाइल गेमिङका लागि उपयुक्त गेमिङ प्याकेज ल्याएका छौँ । क्यारो टिभी नेपालले हाई डिमाण्ड भएका प्रयोगकर्ताहरूका लागि २०० एमबीपीयस इन्टरनेट र टिभी प्याकेज सार्वजनिक गरेको छ, जसको मासिक इन्टरनेट लागत ५ सय ९१ छ र आईपी टिभीको प्रति महिना २ सय ५० रुपैयाँ पर्न जान्छ ।
यस प्याकेज वाई-फाई ६ राउटरसहित आउँछ र यसले एकैसाथ ७-१० साधनहरु सम्हाल्न सक्छ, जसका कारण ठूलो परिवारहरू वा सानादेखि मध्य खालका कार्यालयहरूका लागि यो अनुकूल हुन्छ । यसले सबै प्रयोगकर्ताहरूका लागि भरपर्दो सुविधा सुनिश्चित गर्दछ, जसले गर्दा यो अनलाइन गेमिङ, फाेरके स्ट्रिमिङ वा व्यावसायिक एप्लिकेसनहरू सञ्चालनका लागि उत्तम छ ।
• ३०० एमबीपीयस + आईपी टिभी : छिटो इन्टरनेट र टिभी प्याकेज
क्यारो टिभी नेपालको ३०० एमबीपीयस + आईपी टीभी प्याकेज कम्पनीको सबैभन्दा छिटो इन्टरनेट र टिभी योजना हो । यस योजना अन्तर्गत ३०० एमबीपीयस इन्टरनेट मासिक ८ सय ७ रुपैयाँमा उपलब्ध छ र प्रिमियम एचडी आईपी टिभी च्यानलहरू मासिक २ सय ५० रुपैयाँमा उपलब्ध छन् ।
यो इन्टरनेट टिभी योजना डुअल ब्यान्ड वाई-फाई ६ सपोर्ट गर्ने राउटर, स्मार्ट सेट-टप बक्स र अन्य नेटवर्क उपकरणहरू सहित आउँछ । यसले एकैसाथ १० वा बढी उपकरणहरूलाई समर्थन गर्छ, जसले गर्दा यो ठूलो परिवारहरू वा उत्कृष्ट गति र प्रदर्शन चाहिने व्यवसायहरूका लागि उपयुक्त छ ।
• २ जीबीपीयस + आईपी टिभी : कर्पोरेट प्याकेज
अहिले २ जीबीपीयस प्याकेज रिटेल प्रयोगका लागि उपलब्ध छैन । तर क्यारो टिभी नेपालले कर्पोरेट प्रयोगकर्ताहरूका लागि यो टिभी र इन्टरनेट योजना प्रदान गर्न सक्षम छ । यो क्यारो टिभी नेपालको प्याकेजहरूको सूचीमा उपलब्ध उच्चतम गति प्याकेज हो ।
२ जीबीपीयस प्याकेज कर्पोरेट कार्यालयहरू र ठूला उद्यमहरूका लागि सबैभन्दा उपयुक्त छ । यस योजनाअन्तर्गत व्यावसायिक परिसर भित्र १०० भन्दा बढी आईपी टिभी कनेक्सन गरेर कुशलतापूर्वक सेवा प्रदान गर्न सकिन्छ ।
क्यारो टिभी नेपालको एफयूपी :
एफयूपी नीति इन्टरनेट गति वा ब्यान्डविड्थलाई सीमित वा थ्रोटल गर्न प्रयोग गरिन्छ ताकि प्रदान गरिएको ब्यान्डविड्थको दुरुपयोग वा अत्यधिक प्रयोगलाई रोक्न सकियोस् । यहाँ क्यारो टिभी नेपालको विभिन्न इन्टरनेट र टिभी योजनाहरूका लागि एफयूपी नीति प्रस्तुत गरिएको छ :
क्यारो टिभी नेपाल किन छान्ने ?
क्यारो टिभी नेपाल उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न समर्पित छ, जसलाई काठमाण्डाैमा रहेकाे मुख्य कार्यालयमा आधारित उत्तरदायी र सहयोगी समर्थन टोलीले समर्थन गर्दछ । यहाँ क्यारो टिभी नेपाल किन छान्ने भनेर केही कारणहरू प्रस्तुत गरिएको छ :
विस्तृत च्यानल विकल्पहरू
क्यारो टिभी नेपालले २०० भन्दा बढी एचडी र एसडी च्यानलहरू प्रदान गर्दछ, जसले स्थानीय र अन्तर्राष्ट्रिय समाचारदेखि खेलकुद, संगीत, मनोरञ्जन र अन्य धेरै सामग्रीको विस्तृत दायरा उपलब्ध गराउँछ ।
उच्च-गतिको इन्टरनेट
क्यारो टिभी नेपालमा ३०० एमबीपीयस सम्मको गति भएको उच्च-गतिको इन्टरनेटको लाभ उठाउन सकिन्छ, जसले स्ट्रिमिङ, गेमिङ, र ब्राउजिङका लागि बजेट-अनुकूल दरमा उत्तम सुविधा प्रदान गर्दछ ।
२४/७ ग्राहक समर्थन
क्यारो टिभी नेपालले २४/७ ग्राहक समर्थन सेवा प्रदान गर्दछ जुन प्रयोगकर्ताहरूलाई सहजै उपलब्ध गराइन्छ । यहाँका उत्तरदायी र सहयोगी समर्थन टोलीले तपाईंलाई आवश्यक पर्दा समयमै मद्दत पुर्याएर गुणस्तरीय सर्विस डेलिभरी सुनिश्चित गर्दछन् ।
सजिलो सेटअप र इन्स्टलेसन
क्यारो टिभी नेपालले सेट-टप बक्स सहित वाई-फाई ६ वायरलेस स्ट्यान्डर्डको साथ झन्झट-मुक्त इन्स्टलेसन प्रदान गर्दछ, जसले राम्रो कवरेज र गुणस्तरीय सेवा सुनिश्चित गर्दछ ।
उन्नत दृश्य सुविधाहरू
वीडियो अन डिमाण्ड, क्याच-अप टिभी, र प्रत्यक्ष टिभीलाई पज र प्ले गर्न सक्ने सुविधाहरूको फाइदाका साथै अब क्यारो टिभी नेपालमा तपाईंले आफूलाई मनपर्ने फिल्महरू र शोजलाई कुनै पनि समयमा हेर्न सक्नुहुन्छ ।
माथिका बुँदाहरुबाट प्रस्ट हुन्छ कि गुणस्तरिय डिजिटल टिभी र उच्च-गतिको इन्टरनेट सेवाहरूको आनन्द लिन खोज्नेहरूका लागि क्यारो टिभी नेपालका सेवाहरू निकै लाभदायक छन् ।
निष्कर्ष :
क्यारो टिभी नेपालको प्याकेजहरूको विविधताले सुनिश्चित गर्छ कि प्रत्येक आवश्यकता र बजेटका लागि यहाँ एक विकल्प उपलब्ध छ, जसले यसलाई नेपालकै सबै भन्दा उत्कृस्ट आईपी टिभी र इन्टरनेट सेवा प्रदायकको रुपमा स्थापना गरेको छ । प्रतिस्पर्धात्मक मूल्य निर्धारण र उच्च गुणस्तरको सेवा समेटेर क्यारो टिभी नेपाल बजारमा एक नमी संस्था बनिरहेको छ । अन्ततः क्यारो टिभी नेपाल बजारमा सबैभन्दा सस्तो र प्रभावकारी सेवा प्रदायकको रूपमा उभिन्छ, जसले विभिन्न श्रेणीका प्याकेजहरूको दायरा प्रदान गर्दछ । त्यसैले भरपर्दो र सस्तो टिभी र इन्टरनेट खोजी गर्नेहरुका लागि क्यारो टिभी नेपाल सबैभन्दा राम्रो विकल्प हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।