पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – हिजोदेखि शुरू भएको गाडी प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ मा अवलोकनकर्ताको भिड लागेको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्र उप्रेतीले पहिलो दिन हिजो आठ हजार पाँच सय जनाले अवलोकन गरेका जानकारी दिनुभयो । गएको वर्षभन्दा यो पटक अवलोकनकर्ताको उपस्थिति राम्रो रहेको उप्रेतीले बताउनुभयो ।
यस पटकको नाडा अटो शो विद्यूतीय गाडी केन्द्रित देखिएको छ । शो मा राखिएकामध्ये ८० प्रतिशत गाडी विद्यूतीय रहेका छन् । प्रर्दशनीमा बीवाइडी, टाटा, हुन्डाई, एमजी, नेटा, स्काईवेल, किया, महिन्द्रा, दिपल, सेरेस, जीएसी एवोन, ओमोडा र सिट्रोन लगायत कम्पनीका विद्युतीय कार आकर्षणका रुपमा रहेका छन् ।
अटो शो मा २४ वटा ब्राण्डका चार पाङ्ग्रे, १० ब्राण्डका दुई पाङ्ग्रे, र १२ ब्राण्डका हल्का गाडी छन् । अहिलेको सुस्त अर्थतन्त्र चलायमान बनाउन नाडा अटो शो ले भूमिका खेल्ने अध्यक्ष करण चौधरीको दाबी छ ।
नाडा अटो शोमा विभिन्न बैंकले समेत स्टल राखर गाडी किन्ने ग्राहकका लागि सुविधा दिने तयारी गरेका छन् । यसका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य सामग्रीका स्टल पनि रहेका छन् । ७५ हजार जनाले मेला अवलोकन गर्ने आयोजकको अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।