पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
अमेरिकाको राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले उम्मेदवारी फिर्ता लिनुभएको छ । केनेडी जुनियरले अमेरिकाको एरिजोनामा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको र आफुले ट्रम्पलाई समर्थन गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । र्यालीमा केनेडी र ट्रम्प दुवै जनाले सम्बोधन गर्नुभएको थियो ।
केनेडी जुनियर अमेरिकी सिनेटर रोबर्ट एफ केनेडीका छोरा र पूर्व राष्ट्रपति जोन एफ केनेडीका भतिजा हुनुहुन्छ । डेमोक्र्याटिकका पूर्वनेता केनेडी जुनियरले विचारमा मतभेद भएपछि पार्टी छाड्नुभएको थियो । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले यसअघि केनेडीको समर्थकबाट पनि भोट प्राप्त हुने गरी पहल गर्ने बताउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।