इजरायलले ३० वर्षभन्दा कम उमेरकालाई लक्षित गरेर आक्रमण गरेको प्यालेस्टाइनको आरोप

 साउन २८, २०८१ सोमबार १३:३:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलको गाजा पट्टीमा गएको अक्टोबर ७ देखि चलिरहेको युद्धका कारण अहिलेसम्म १ दशमलव ८ प्रतिशत जनसङ्ख्या मारिएका प्यालेस्टिनको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ ।

मारिनेमा सबैभन्दा धेरै ३० वर्षभन्दा कम उमेरका मानिसहरू रहेका प्यालेस्टिनीको आरोप छ । इजरायली सेनाको आक्रमणमा मारिएकामध्ये ७५ प्रतिशत ३० वर्षभन्दा कम उमेरका रहेका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

यसैबीच विद्रोही समूह हमासले अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेअनुसार थप वार्ताका लागि युद्धविराम योजना कार्यान्वयन गर्न अमेरिका, कतार र इजिप्टलाई आह्वान गरेको छ ।

गाजाविरुद्धको इजरायल युद्धमा कम्तीमा ३९ हजार ७ सय ९० जनाको ज्यान गएको छ भने ९२ हजार २ जना घाइते भएका छन् ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया