शेयर बजार आज पनि बढ्याे, ५ अर्ब ८९ कराेड रुपैयाँकाे काराेबार

 जेठ ३०, २०८१ बुधबार १५:३८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ३७ अङ्कले बढेर २ हजार १ सय २१ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज होटल, हाइड्रोपावर, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधाना लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सत्रपत्री हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।

आज ३ सय १२ वटा कम्पनीका १ करोड २९ लाख कित्ता शेयर ५ अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ । केही दिनयता एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा धेरै किनबेच भइरहेको छ ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया