६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले चिनियाँ विद्युतीय गाडीसहित कैयौँ सामानमा चर्को कर लगाएको छ । चिनियाँ सस्तो सामानले व्यवसायी मर्कामा परेको भन्दै अमेरिकाले कैयौँ सामानमा कर बढाएको बेलायती सञ्चारमाध्यम गार्जियनले जनाएको छ । नयाँ शुल्कअनुसार चीनबाट आयात भएका विद्युतीय गाडीमा एक सय प्रतिशत कर लाग्नेछ ।
चिनियाँ विद्युतीय कार अमेरिकामा लोकप्रिय हुँदा अमेरिकामा उत्पादित कारको बजार खस्किएपछि २५ प्रतिशतबाट बढाएर शतप्रतिशत कर लगाइएको खबरमा उल्लेख छ । यस्तै लिथियम ब्याट्रीमा साढे सात प्रतिशतबाट बढाएर २५ प्रतिशत, सौर्य ऊर्जाका सामानमा २५ प्रतिशतबाट ५० प्रतिशत र विभिन्न चिप्समा २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत कर लाग्ने अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यस्तै स्टिल, आल्मुनियम र व्यक्तिगत सुरक्षा उपकरण पीपीईमा शून्यदेखि २५ प्रतिशतसम्म कर बढेको छ । चीनमा बनेका विद्युतीय कारसहितका अन्य सस्ता सामानले अमेरिकी ग्राहकको मन जित्दा एकातिर चीनियाँ सामान अमेरिकामा लोकप्रिय हुने र अर्कोतिर अर्बाैँ डलर चीनमा पुग्ने भन्दै कर बढाइएको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
चीनले आफ्नो आन्तरिक अर्थतन्त्रको कमजोरीलाई परिपूर्ति गर्न निर्यात बढाउने विकल्प खोजिरहेको बेलामा अमेरिकाले कर बढाउँदा चीनलाई समस्या पर्न सक्ने देखिएको छ । तर चीनसँगको व्यापार लडाइँका कारण सस्तो र रोजाइका सामान प्रयोग गर्न नपाएको भन्दै केही अमेरिकी उपभोक्ताले विरोध गरिसकेका छन् ।
आज बढाइएको कर ९० दिनपछि लागू हुनेछ । यो बीचमा चीनले पनि 'जस्तालाई त्यस्तै' भन्ने उखानजस्तै अमेरिकी सामानमा कर बढाउन सक्ने अनुमान रहेको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।