अमेरिका लैजाने भन्दै २५ जना नेपालीलाई केन्या पुर्‍याएर बन्धक बनाउने गिरोहका मुख्य आरोपी पक्राउ

 वैशाख ३१, २०८१ सोमबार १५:०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालीहरूलाई अमेरिका पठाउने भन्दै केन्या पुर्‍याई बन्धक बनाउने गिरोहका मुख्य आरोपीसहित थप तीन जना पक्राउ परेका छन् ।

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य आरोपी ओखलढुङ्गाका जगतबहादुर तामाङसहित तनहुँका विष्णुबहादुर बराली र तनहुँकै जङ्गबहादुर विकलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो । गिरोहका तीन जना गएको २७ गते नै पक्राउ परिसकेका छन् ।

उनीहरूले २५ जना नेपालीलाई अमेरिका पठाउने भनेर केन्या पुर्‍याएको अनुसन्धानबाट खुलेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । १० जना नेपाली केही दिनअघि नेपाल आइसकेका छन् । उनीहरूकै उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । अरू १५ जना भने केन्यामै बन्धक रहेका प्रहरीले बताएको छ ।

उनीहरूले १५ जनाबाट सात करोड रुपैयाँभन्दा धेरै ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यस्तै वैदेशिक रोजगारीका लागि टर्की पठाउने भन्दै एक सय २४ जनाबाट चार करोड ३४ लाख रुपैयाँ उठाएर फरार रहेका पोखराका विनोद श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौबाट पक्राउ परेका श्रेष्ठलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया