सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कार्यक्रम देश परदेशको ४०४ औं अंक खाडीका देश र मलेसियामा कार्यरत श्रमिकलाई परेको समस्या र विपदका बेला कहाँ सम्पर्क गर्ने भन्ने जानकारीमा केन्द्रित छ । कोरोनाको जोखिम भएका देशमा रहेका नेपाली नागरिकलाई पनि प्रवेशमा रोक लगाएपछि समस्यामा परेका केही श्रमिकको भनाइ समेटेर तयार पारिएको रिपोर्ट र कोरोनाको जोखिम बढ्दै जाँदा कतारले १५० नेपाली श्रमिकलाई डिपोर्ट अथवा देश निकाला गरेको छ । देश निकालामा परेका दुई श्रमिकका भोगाईँ पनि कार्यक्रममा सुन्न सकिन्छ । यस्तो बेला मनको डर र घरको चिन्ता कम गर्न के गर्नुपर्छ त भन्नेबारे मनोविद डा. गंगा पाठकको सुझाव । साथै खाडीका देश र मलेसियामा कोरोनाका कारण समस्या पर्दा सम्पर्क गर्ने ठाउँका बारेमा जानकारी पनि कार्यक्रममा समावेश छ । अनि साथमा छन्, तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर पनि ।