पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कार्यक्रम देश परदेशको अङ्क ५४२ रोजगारीबारे दलहरूका बाचा र विदेशमा बसेर काम गर्ने नेपालीले अहिलेसम्म नपाएको मताधिकारको विषयमा केन्द्रित छ । चुनावी घोषणापत्रमा देशभित्रै रोजगारी सृजना गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित पार्ने आधारहरू के के हुन् त भन्ने हाम्रो प्रश्नमा केही दलहरूको जवाफ कार्यक्रममा समेटिएको छ । यही अवस्थामा दलहरूले देशभित्रै रोजगारी सृजना गर्ने र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने गरी घोषणापत्रमा उल्लेख गरेका बाचा र प्रतिबद्धता पूरा गर्न कतिको सम्भव होला त ? त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका प्रमुख, तथा प्राध्यापक डा. शिव अधिकारीका बिचार पनि कार्यक्रममा सुन्न सकिन्छ । विदेशमा रहेका नेपालीलाई उनीहरू रहेकै ठाउँबाट मतदानको व्यवस्था गर्न दलहरूलाई के कुराले रोक्यो त भन्ने जानकारी पनि कार्यक्रममा सुन्न सकिन्छ । साथमा छ केही श्रम तथा रोजगार गतिविधि पनि ।