यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
विभिन्न पालिकाहरूले आफैँले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा मौसमी कामदार पठाउन थालेपछि सङ्घीय मामिला मन्त्रालयले मौसमी कामदार नपठाउन पालिकाहरूलाई पत्र लेख्यो । तर पालिकाहरूले कोरियाका विभिन्न पालिकासँग भगिनी सम्बन्ध कायम गरी मौसमी कामदार पठाइरहेकै छन् । मौसमी कामदार कुनै पनि देशमा जानु र पठाउनु आफैँमा गलत होइन । छोटो अवधि काम गरे पनि कमाइ राम्रो हुन्छ । तर पालिकाहरूले अर्को देशको पालिकासित भगिनी सम्बन्ध कायम गरेर वैदेशिक रोजगारीमा आफूखुसी कामदार पठाउने प्रक्रिया भने आफैमा गलत छ । किनकि नेपालमा वैदेशिक रोजगारीमा श्रमिक पठाउने अधिकार सङ्घलाई मात्र छ । तर पालिकामार्फत ६ महिनाभन्दा कम अवधिका लागि जानेहरू बिचौलियालाई लाखौँ रुपैयाँ तिर्न बाध्य छन् । यो प्रवृत्तिलाई रोक्न र व्यवस्थित रूपमा मौसमी कामदार पठाउन सरकारले के गरिरहेको छ त भनेर साथी सन्जिता देवकाटाले श्रम मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेलसित कुराकानी गर्नुभएको छ ।
पक्कै पनि छ । धेरै मिडियाहरूमा यी खबरहरू आइहरेको छ । मौसमी कामदारको रूपमा कोरिया जाँदा ठगिएको, धेरै पैसा असुल गरेर त्यहाँसम्म पु¥याइएको, त्यहाँ पुगेपछि अलपत्र परेका, उद्धार नभएको कुरा पनि विभिन्न मिडियामा आएका छन् । त्यो खबर हामीले पनि पढेका छौँ र कतिपय त उजुरीहरू नै पनि मन्त्रालयमा प्राप्त गरेका छौँ ।
कोरिया पठाउन नेपाल सरकार र कोरिया सरकारबीच जुन रोजगार अनुमति प्रणाली छ त्यो अनुसार दीर्घकालीन रूपमा काम गर्न दाजुभाइ दिदीबिहनीहरु सबै प्रक्रिया अनुसार नै गइरहनुभएको छ । तर पालिकामार्फत जसरी मौसमी कामदार गइरहनुभएको छ यो चाहिँ दीर्घकालीन होइन अल्पकालीन हो । यसरी जाँदा ६ महिना भन्दा कम अवधिको काम हो ।
खेती बाली लगाउने बेलामा वा फलफूल टिप्ने लगायतका काममा मौसमी कामदार भनेर अहिले गएको पाइन्छ । यो चाहिँ कोरियाको मात्र कुरा होइन अन्य मुलुकमा पनि गएको हामीले सूचना पाएका छौ । वास्तवमा वैदेशिक रोजगारीमा नागरिक जाने कुरा सङ्घीय सरकारको कार्यक्षेत्रभित्र पर्छ ।
सङ्घीय सरकारमा पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हेर्ने विषय हो । अहिले कोरियामा अस्थायी रूपमा मौसमी कामदारहरू जानुभएको छ यो चाहिँ यहाँको नगरपालिका र कोरियाको नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरेर त्यो भगिनी सम्बन्ध अनुसार पठाइएको हो भन्ने कुरा आएको छ । वैदेशिक रोजगारमा जाने विषय नेपाल सरकारलाई थाहा हुन पर्छ ।
नेपाल सरकारको आधारहरू टेकेर जान पर्छ । श्रम स्वीकृति, बिमा लगायतका कुरा पूरा गरेर जानुपर्छ भन्ने हाम्रो विषय हो । इपीएस प्रणालीभन्दा बाहिरबाट सरकारको सिस्टममा नआई जाँदा समस्या आएको हो ।
वास्तवमा अहिलेको यो जल्दो बल्दो विषय हो । यसमा हामी पनि कोरिया सरकारसँग र त्यहाँ रहेको नेपाली दूतावाससँग छलफल गरिरहेका छौँ । यस्तै अस्थायी रूपमा जुन कामदार पठाइन्छ यो पालिकाहरूको कार्यक्षेत्र भित्रको विषय हैन ।
भगिनी सम्बन्ध भनेको के हो भने त्यहाँको संस्कृति र पर्यटनलाई बढवा हुने गरी दुई देशबीचका स्थानीय तहहरूले भगिनी सम्बन्ध कायम गर्न सक्छन् । तर अहिले जुन वैदेशिक रोजगारीमा मानिस पठाउने काम भइरहेको छ त्यो गलत हो । मौसमी कामदारलाई व्यवस्थित गर्न सक्दा राम्रो पनि छ । यो सम्पूर्ण रूपमा नराम्रो हो म भन्दिन । सामान्य श्रमिकले पाउने पैसा भन्दा पैसा ६ महिनाका लागि वा ३ महिनाका लागि जाँदा मौसमी कामदारले पाउने पारिश्रमिक बढी हुन्छ । झण्डै दोब्बरजस्तो नै हुन्छ ।
त्यस कारण थोरै समयमा धेरै राम्रो पैसा कमाएर ल्याउनुहुन्छ भने त्यो कुरा राम्रो हो । तर यो व्यवस्थित हुन पर्छ । नेपाल सरकारको डाटा इन्ट्री सिस्टममा इन्ट्री हुनपर्छ । श्रम स्वीकृति हुन पर्छ । बिमा गरिएको हुनुपर्छ । जसले गर्दा भोलि भइपरी आउँदा सहज हुन्छ ।
समस्यामा पर्दा स्वदेश फिर्ती र क्षतिपूर्ति लगायत अहिले जुन वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर गएकाहरूको हकमा हुन्छ त्यही सिस्टममा उहाँहरू पनि आउनुपर्छ भन्ने हो । यही विषयमा हामीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेर पठाएका थियौँ र मौसमी कामदारलाई व्यवस्थित गर्ने निर्देशिका नबन्दासम्म हाललाई रोक्का गरिएको भनेर सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको बोधार्थ हामीलाई प्राप्त भएको छ ।
अहिले विभिन्न मन्त्रालयहरू सङ्घीय मामिला, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र विशेष गरी हाम्रो श्रम मन्त्रालयको टिम बसेर मौसमी कामदार सम्बन्धी एउटा निर्देशिका बनाउँदै छौ । मौसमी कामदार जाने कुरालाई व्यवस्थित गर्न पनि सकियो भनेर नै निर्देशिका बनाउने काम भइरहेको छ ।
छिट्टै नै हामी त्यो निर्देशिका नेपाल सरकारबाट स्वीकृति गराएर कार्यान्वयनमा ल्याउँछौँ । निर्देशिकाले तोकेका प्रक्रिया अपनाएर मौसमी कामदारहरू कानुनी रूपमा नै जान सक्नुहुन्छ ।
अबको एक महिनाभित्र ल्याइसक्छौँ । कोरियाको मात्र समस्या होइन, अहिले बेलायतमा पनि फलफूल टिप्ने काममा ठुलो रकम खर्च गरेर जानुभयो भन्ने विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि खबर आइरहेको छ ।
त्यस कारण कोरिया, बेलायत लगायत अब कतारमा विश्वकपको समयमा पनि छोटो अवधिका लागि काम गर्न हामी श्रमिकहरू पठाउँछौँ । यी सबैलाई व्यवस्थित गर्न छिटोभन्दा छिटो निर्देशिका चाहिएको छ । यो निर्देशिका आएपछि अहिले देखिएको ठगीको, अलपत्र परेको लगायतका समस्याहरूलाई सम्बोधन गर्छ ।
हो । यो निर्देशिका नेपाल सरकारबाट स्वीकृत भएर कार्यान्वयनमा आएपछि मौसमी कामदार पनि कानुन अनुसार नै जान पाउनुहुन्छ । जसरी अरू श्रमिकले श्रम स्वीकृति लिएर जाँदा हुने बिमा, क्षतिपूर्ति र उद्धारको कुराहरू छ त्यो सबै उहाँहरूको हकमा पनि लागू हुन्छ ।
मौसमी कामदारका रूपमा जानेहरूको छुट्टै कोड बनाएर राख्छौँ र कुन देशमा कति कामदार जानुभयो भन्ने तथ्याङ्क राख्छौँ । यसो गर्दा काम गर्दा गर्दै कुनै समस्या भएमा उद्धार र समन्वयको काम पनि नेपाल सरकारले नै गर्छ ।
पालिकाले मौसमी कामदार पठाउने विषय कानुन सम्मत छैन । जो मौसमी कामदार रूपमा जानुभएको छ उहाँहरू ३ लाखदेखि १० लाख रुपैयाँसम्म तिरेर जानुभएको भन्ने कुरा आएको छ । तर यो त शून्य लागतको कुरा हो । यसमा एक रुपैयाँ पनि जाने श्रमिकले तिर्न पर्दैन ।
कतिपय ठाउँमा टिकेट बिमा लगायत कुराहरूका लागि पनि रोजगारदाताले पैसा दिएको हुन्छ । तर बीचमा जसरी पैसा उठाउने काम भइरहेको छ त्यो गलत हो र यसरी पैसा तिरेर नजानु हुन हामी अनुरोध पनि गर्छौँ ।
अहिलेको प्रचलित कानुन अनुसार जसले श्रम स्वीकृति लिएर जानुभयो, नेपाल सरकारसँग अनुमति लिएर जानुभएको छ उहाँहरूको उद्धार नेपाल सरकारले गर्छ । तर जो श्रम स्वीकृति नलिई जानुभएको छ उहाँहरूको उद्धार गर्ने कानुनी आधार छैन । तर यसो भन्दैमा आफ्नो देशको कोही नागरिक विदेशमा अलपत्र पर्नुभएको छ भने त नेपाल सरकार चुप लागेर बस्ने भन्ने कुरा त हुँदैन र बस्दैन पनि ।
पक्कै पनि एउटा नागरिकको हैसियतमा उद्धार हुन्छ र गरिएको पनि छ । कोरियाकै कुरा गर्दा पनि इपीएस प्रणालीबाट जाँदा र मौसमी कामदारका रूपमा जाँदा फरक छ । सरकारको सिस्टमबाट जानेहरूको उद्धारका कुराहरूदेखि बिमा र क्षतिपूर्तिको पनि नेपाल सरकारले व्यवस्थापन गरेको हुन्छ । तर जो मौसमी कामदारका रूपमा श्रम स्वीकृति नलिई जानुहुन्छ उहाँहरू यी अवसरबाट वञ्चित भने हुनुहुन्छ ।
कोरियाले पछिल्लो समय मौसमी कामदार अर्थात् अस्थायी कामदार ल्याउने जिम्मा स्थानीय तहलाई दिएको छ । तर नेपालमा वैदेशिक रोजगारीमा कामदार पठाउने कार्यक्षेत्र अहिले पनि सङ्घीय सरकारको छ । त्यस कारण स्थानीय तहहरूले जुन भगिनी सम्बन्ध कायम गर्नुहुन्छ त्यो पर्यटनको हिसाबले, संस्कृति साटासाटको हिसाबले ठिक छ ।
तर एउटा म्यानपावर एजेन्सीले जसरी मान्छे पठाउने उद्देश्यले मात्र सम्झौता गरिनु र सरकारी सिस्टममा नआउने गरी मानिस पठाउँदा भोलि अलपत्र पर्दा पालिकालाई पनि लज्जास्पद कुरा हो । कानुनी बाटोबाट मात्र पठाउनुहुन र निर्देशिका आएपछि पालिकाको भूमिका के हुन्छ भन्ने कुराहरू त्यहाँ उल्लेख हुन्छ । त्यो कुराहरूको पालना गरिदिनुहुन अनुरोध गर्छु ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।
Sunil duwadi
July 29, 2022, 8:38 a.m.i am ready