गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ – कतारमा कोरोना सङ्क्रमित १५ जना नेपाली अस्पतालमा रहेको जानकारी कतारमा रहेको नेपाली दूतावासलाई प्राप्त भएको छ । कतार सरकारसँग जानकारी लिंदा १५ जना नेपालीको अस्पतालमा उपचार भैरहेको थाहा भएको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले जानकारी दिनुभयो ।
कतारले कोरोना सङ्क्रमतिको राष्ट्रियता नछुट्याउँदा अहिलेसम्म कति नेपालीलाई कोरोना सङ्क्रमण भएको छ भन्ने खुलेको थिएन । दूतावासले तथ्याँक माग गर्दा त्यहाँको स्वास्थ्य मन्त्रालयले १५ जना रहेको जानकारी दिएको उहाँले उज्यालोलाई बताउनुभयो ।
‘दूतावासमा श्रमिकका परिवारले आफ्नो मान्छेको अवस्थाबारे जानकारी पाउँ भन्दै माग पनि गर्नुभएको थियो, दूतावासले पनि अस्पतालमा कोही हुनुहुन्छ भने जानकारी पाउँ भनेर औपचारिक माग गरेपछि मात्रै यो जानकारी प्राप्त भएको हो’ राजदूत भारद्धवाजले भन्नुभयो ।
कतारले सङ्क्रमित कसैको पनि राष्ट्रियता खुलाउने गरेको छैन । सङ्क्रमित नेपालीसँग दूतावासको पहुँच नभएको र कतारमा रहेका अरु सबै देशका नागरिकको हकमा पनि यही कुरा लागू हुने राजदूत भारद्वाज बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘मागेको र चाहेको बेलामै जानकारी पाउन सक्ने अवस्था छैन, हामीले यहाँ नेपाली श्रमिकको बारेमा चासो राख्दा, सङ्क्रमितको अवस्था सामान्य रहेको, धेरैजासो युवा रहेको र उपचारमा कुनै कमी नगरेको भनिएको छ ।’
कतारले गम्भीर अवस्थाका बिरामी भएमा र कोरोनाकै कारण मृत्यु भएमा भने दूतावासलाई जानकारी दिने गर्छ ।
कोरोना सङ्क्रमण बढेसँगै दूतावासमा श्रमिकको गुनासो पनि बढेको छ । तर कतारमा अहिले नै खान, बस्नै नपाउने अवस्था भने नरहेको राजदूत भारद्वाज बताउनुहुन्छ । गैरआवसीय नेपाली संघ, नेपाली आप्रवासी मञ्च, लगायत कतार च्यारिटीले पनि यस्तो समस्या हुने श्रमिकलाई सहयोग गर्दै आएका छन् ।
कोरोनाको कारण खान बस्न समस्या भएमा औपचारिक रुपमा दूतावासमा आफ्नो समस्या राख्न राजदूत भारद्वाजको आग्रह छ ।
‘माहामारीको समयमा तपाईँलाई परेका हरेक समस्याको औपचारिक जानकारी दूतावासलाई गराउनुहोस्’ उहाँले भन्नुभयो, ‘तपाईँलाई परेका समस्या समाधान गर्न दूतावास तयारी अवस्थामा छ, खाद्यान्न अभाव छ भने पनि आउनुहोस्, दूतावासले उपलब्ध गराउँछ ।’
Ganesh sah
April 25, 2020, 11:01 p.m.धेरै धेरै धन्यवाद महामहिम ज्यु जानकारीको लागि , हाम्रो नेपाली दूतावासले नेपाली जनतालाई कतारमा रहेको समस्यालाई समयको हिसाबले सधै सहयोग गर्दै आईरहेको छ,