८ महिनामा विकास खर्च २३ प्रतिशतमात्रै, वैदेशिक अनुदान सङ्कलन ...
चैत १, २०८१ शुक्रबार
सबैभन्दा पहिला त मेरो परिवार र आफन्तलाई म मलेसियामा सुरक्षितसँग बसिरहको छु भन्न चाहान्छु । कोरोनाको डर छ । सङ्क्रमणको जोखिम पनि छ । तर अहिलेसम्म आफूलाई जोगाएको छु ।
यहाँको अवस्था नाजुक नै छ । मेरो त कम्पनीमा कम चलिरहेको छ । तर कतिपय कम्पनीहरु बन्द भएको छ ।
साथीभाइ कम्पनीमा काम नहुँदा चिन्तामा हुनुहुन्छ । काम नभएपछि कम्पनीले खानको समेत व्यवस्था गरिदिएका छन् ।
मलेसियामा सङ्क्रमितको सङ्ख्या केही समय त ह्वात्तै बढेको थियो । तर अहिले त्यस्तो छैन ।
निको हुनेको सङ्ख्या पनि निकै छ । धेरै जना निको भएका सुन्दा मनमा आँट पलाउँछ ।
यो समयमा खानपिन र स्वास्थ्य सुरक्षाको व्यवस्था आफैंले गनुपर्ने भएकाले हामीलाई गाह्रो छ ।
सामान किन्न जाँदा पनि डरैडर छ । एक त कोरोनाको डर भइहाल्यो । अर्को कुरा भनेको प्रहरीले समात्ला कि भन्ने पनि चिन्ता हुन्छ ।
आफैंले सामान नकिन्ने र कम्पनीको भर पर्ने हो भने त भोकै मर्ने अवस्था आउँछ ।
के गर्न सकिन्छ र हामी त अर्काको देशमा छौं अरुले भनेको मान्नै पर्यो । यहाँको नियम मान्नै पर्यो ।
आफ्नो देश भए पो आफ्नाले कुरा बुझ्छन् भन्नु । देशबाट टाढा परदेशमा अनेक चिन्ता छ । दुःख छ । परदेशमा पैसा त सबैले देख्छन्, तर परदेशीको पीडा देख्दैनन् ।