८ महिनामा विकास खर्च २३ प्रतिशतमात्रै, वैदेशिक अनुदान सङ्कलन ...
चैत १, २०८१ शुक्रबार
म मलेसिया आएको दुई महिना हुँदैछ । कमाउँला, ऋण तिरौंला अनि भविष्यका लागि दुई चार हजार रुपैयाँ जोगाउँला भन्ने थियो । कमाउँला भनेर नै त हो, ऋण काढेर यहाँ आइयो ।
तर यहाँ आएको केही समयमै कोरोनाले मेरो सपना पनि लग्यो । मैले सोचेको मेरो भविष्य छिनभरमै चकनाचुर भयो । अहिले त साहुको ऋणको हिसाब पनि गर्न छोडेको छु ।
ऋणको चिन्ता लिएर के गर्नु ? मेरो ऋणको ब्याजभन्दा बढी कोरोना सङ्क्रमितको सङ्ख्या बढी छ ।
मलेसियामा पनि सङ्क्रमितको संख्या दिनहुँ बढिरहेको छ ।
तर मेरो काम सुरक्षागार्डको भएकाले काम गरिरहेको छु । तर एकदमै जोखिम मोल्नु परेको छ ।
आफ्नै आँखा अगाडि कोरोना सङ्क्रमण भएकाहरुलाई अस्पताल लगेको देखेको छु । हुन त यहाँ पनि लकडाउन छ । तर के गर्नु ? जस्तो भए पनि काम नगरी भएको छैन ।
सुरक्षागार्डको काम भनेको आफ्नो परवाह नगरी अरुको सुरक्षाका लागि खटिनु रहेछ ।
ज्यान कसरी जोगाउने भन्ने थाहा छैन । भगवान सम्झिएर काम गरिरहेको छु । बाहिर काम गर्दा कस्ता मानिसको अघिपछि भइन्छ के थाहा ? यहाँ ज्यान भगवानको भरोसामा छ ।