८ महिनामा विकास खर्च २३ प्रतिशतमात्रै, वैदेशिक अनुदान सङ्कलन ...
चैत १, २०८१ शुक्रबार
परदेशमा काम पनि छैन, दाम पनि छैन । बाहिर कर्फ्यु छ । परदेशमा एउटा कोठाभित्र ज्यान थुनिएको छ । यस्तो दिन आउला भन्ने कल्पना पनि गरेको थिइनँ ।
म अहिले साउदी अरबको दमाम सहर नजिक ताइबमा छु । परदेशमा काम नगरी बस्न पर्दा साह्रै गाह्रो भएको छ । एक महिना भयो काम नगरी कोठामै बसेको छु।
बस्दा जति गाह्रो छ, त्यति नै चिन्ता तलब नआउने कुराको छ । काम नगरेपछि तलब आउँछ भन्ने पनि के आश र ? तर पनि आश भने मारेको छैन ।
काम नभएपछि तलब दिँदैन कम्पनीले भन्ने मौखिक रुपमा जानकारी आएको हो ।
तर औपचारिक जानकारी भने आएको छैन । जेनतेन खान दिएको छ र के खाउँ भन्ने चिन्ता छैन ।
२४ घण्टे कर्फ्यु लागेको छ । बाहिर निस्कन पनि पाइँदैन । आवश्यक सामान किन्न जाउँ भन्दा पक्राउ परियो भने १० हजार रियाल जरिबाना हुन्छ ।
अन्तर्राष्ट्रिय उडान बन्द छ । न घर आउन सकिन्छ न यहाँ बस्न, के गर्ने होला ? मनमा चिन्ता सुरु भएको छ ।
यसरी काम नगरी परदेशमा बस्नुभन्दा सरकारले हामीलाई नेपाल नै लगे पनि हुनेथियो ।
हामी बरु नेपाल आएपछि क्वारेण्टीनमा बसेर मात्र घर जाने थियौं । केही इलम आफ्नै गाउँठाउँमा गर्ने थियौं ।
कम्पनीले उडान खुल्यो भने त पठाउँछु भनेको छ । तर नेपालमा पनि बन्द छ । के गर्ने भनेर सोच्न सक्या छैन । सरकार हामीलाई नेपाल झिकाएर, क्वारेण्टीनमा राख्ने व्यवस्था छिटो मिलाउ ।
कृष्ण कार्की
April 12, 2020, 6:58 p.m.म साउदी को hai'l मा छु यहाँ दिउँसो 3 बजे बाट कर्फ्यु सुरु हुन्छ म पानी कम्पनी मा गाडी चलाउछु हामिलाइ त गाडी चलाउन तेस्तो कुनै समस्या छैन बरु रूम मै बस्न पाए सेफ भैन्थ्यो कि भन्ने भा छ के गर्ने काम गर्नै पर्यो नत्र salary पाइन्दैन
hira magar
April 12, 2020, 12:36 p.m.नमस्कार छ अनि अहिले हल मा कोविद19 बात बाच्ने काम गरम र प्रदेसी दाजुभाइ दिदिबहिनी हरेक लाई प्रदेश मा दुई बेला को खाना मिले पनि कति भागय्वानी हो तेसै ले हामी covid19 बात बाच्न लाई कोसिस गरम thanks saudi arab riyad hira gharti magar