८ महिनामा विकास खर्च २३ प्रतिशतमात्रै, वैदेशिक अनुदान सङ्कलन ...
चैत १, २०८१ शुक्रबार
दोहामा छु । कोरोनाको डर परदेशमा नहुने कुरै छैन । कोरोनाबाट त म हात धोएरै भए पनि बचौंला । तर खै हिजोआज मनमा कोरोनासँगै अनेक कुराको डर लाग्न थालेको छ । कोही के भन्छन्, कोही के ।
कहिले सरकारले श्रमिकलाई तलब दिन्छ भन्ने खबर आउँछ । कहिले श्रमिक नै कटौती गर्छ रे भन्ने सुनिन्छ । मनमा डर लाग्न थालेको छ । मेरो पनि काम भएन भने परिवारको भविष्य के होला ?
जिम्मेवारी मेरो काँधमा छ । बुवाआमा बितेपछि परदेश लागेको हुँ । एक्लो छोरो म ।
आम्दानीको स्रोत पनि अर्को छैन । साना साना छोराछोरी छन् । उनीहरुको पढाइलेखाइ मेरै यहाँको पसिनाले चलेको छ ।
अस्ति समाचारमा पढें, यूएईले श्रमिक कटौतीको व्यवस्था गर्यो भनेर । अनि मलाई चिन्ता पर्यो ।
मेरो रोजगारदाताले पनि मलाई बेतलबी बिदा दियो वा काम नै बन्द भयो भने मैले के गरौंला ? छोराछोरीको जिम्मेवारी कसरी बहन गर्नु
मेरो कारणले मेरो बालबच्चालाई दुःख भएको म कसरी हेर्न सकौंला ? मनमा अनेक कुरा खेल्छन् ।
काम गरिराख्दा पनि मनमा लाग्छ मलाई नै कोरोना सङ्क्रमण भयो भने के होला ? मन पटकै स्थिरमा छैन ।
पसलमा रासनको भाउ सोध्छु, तर्सन्छु । पुरै तलब खाएर सकियो भने घरमा के पठाउँला ? बालबच्चालाई केही कुराको कमी पो हुने हो कि जस्तो लाग्छ ।
अनि श्रीमतीले पैसा किन नपठाएको भनिन् भने के जवाफ दिउँला ? उनलाई पनि त गाह्रो छ । दिनभरी काम गरेर थाकेको शरीर यस्तै कुरा सोच्दै लोलाउँछ । परदेशीलाई जसो गरे पनि गाह्रो रहेछ ।
![]() |
खाडी र मलेसियाको कोरोना अपडेट : शुक्रबारसम्ममा सङ्क्रमित सङ्ख्या १५ हजार नाघ्यो, नेपालीको सङ्ख्या ३९ |
Bhuwan Nepali
April 23, 2020, 4:05 p.m.नेपाल फर्काउ सरकार ......यहाँ खान बस्न सबै हराइसक्यो ...भएको पैसा पनि सकियो / यस्तो बेलामा जति इमेल , फोन गरेपनि कसैले रेस्पोन्स गर्दैन /
Rojita sanjel
April 10, 2020, 8:19 p.m.गाउँ फर्क अभियान चलाउ सरकार आफ्नै माटो मा नङ्रा खियाएर बिदेशी भुमि मा जस्तै गरि मेहनत गरे पैसा त धेरै नमिल्ला तर खान लाउन र खुसी त पक्कै मिल्छ