रक्सी–जाँड र लागुऔषध नियन्त्रणका लागि सशक्त अभियान चालिएको छ : गृहमन्त्री थापा

 कात्तिक २६, २०७५ सोमबार १७:३९:४२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – गृहमन्त्री रामबहादुर थापाले रक्सी–जाँड र लागुऔषध नियन्त्रण गर्नका लागि सशक्त अभियान चलाइने बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा भर्खरैै निर्माण गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै उहाँले रक्सी–जाँड तथा लागुऔषध नियन्त्रण र निर्मुल पार्न अभियान अगाडि बढाइने बताउनुभएको हो ।

गृहमन्त्री थापाले रक्सी–जाँड र लागुऔषध निषेधको अभियान सुरु गरिएको बताउँदै कालोबजारी नियन्त्रण एवं विकास निर्माणका कामलाई तीव्रता दिन गृह मन्त्रालयको तर्फबाट आवश्यक कदम चालिने बताउनुभयो ।

उहाँले देशमा शान्ति र स्थायित्वलाई सुदृढ पार्ने नीति लिइएकाले शान्ति र स्थायित्व कायम गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको हुँदा मन्त्रालयमार्फत प्रभावकारी योजना अगाडि बढाइएको बताउनुभयो ।

गृह प्रशासन सुधार योजना अन्तर्गत ८२ बुँदे कार्ययोजना अगाडि सारिएको गृहमन्त्री थापाको भनाइ छ । उहाँले मानवीय लापर्वाहीका कारण हुने क्षति न्यूनिकरणमा सतर्कता अपनाउन स्थानीय सरकारलाई आग्रह गर्दै जथाभावी सडक निर्माण, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणले हुने मानवीय र भौतिक क्षति न्युनीकरण गर्न विपद् व्यवस्थापन नियमावली परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो ।

विकास निर्माणसँगै हुने आकस्मिक घटनाहरुलाई सहज बनाउन जिल्लामा विपद् व्यवस्थापनको पूर्वतयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले विपद्को हिसाबले म्याग्दी जिल्ला अत्यन्तै जोखिमपूर्ण रहेको हुँदा विपद्को अवस्थामा सूचना सङ्कलन तथा राहतको कामलाई व्यवस्थित बनाउन जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको बताउनुभयो ।

उहाँले आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सूचना प्रविधिको सुविधा रहेको हुँदा सूचना सङ्कलन तथा प्रवाहका लागि जनपद र सशस्त्र प्रहरी एवं प्रशासनबाट चौबीसै घण्टा एकएक जना जनशक्ति खटाइने जानकारी दिनुभयो ।

प्रजिअ अधिकारीले म्याग्दी हिमालै हिमालको जिल्ला भए पनि हिमाली जिल्लामा सूचीकृत नहुँदा दुर्गम क्षेत्रमा कर्मचारी जान नमान्ने भएकाले हिमाली जिल्लामा पार्नलाई गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया