सहकारी बचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाही गर्न सरकारलाई...
मंसिर २६, २०८१ बुधबार
अर्घाखाँची, वैशाख २४ – अर्घाखाँचीको पाणिनि गाउँपालिकामा पर्ने पाणिनि तपोभूमिको प्रचार–प्रसार गर्ने मन्त्री तथा सांसदहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
विश्वको प्राचिन भाषा संस्कृतको व्याकरणको रचना भएको स्थान पाणिनिको तपोभूमि पणेनालाई गुरु योजना बनाएर धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास उनीहरुले बताएका छन् ।
पाणिनि दहमा निर्माण गरिएको शिवको मुर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसदहरुले आझेलमा परेको तपोभूमिको प्रचार–प्रसारमा एक जुट भएर अगाडी बढ्ने बताएका हुन् ।
हजारौँ वर्ष पहिले पाकीस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदमिमा आएका पाण्निि ऋषीले पणेनामा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको किंवदन्ती छ ।
विश्वकै प्राचीन भाषा उत्पति भएको क्षेत्र भए पनि प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । यस क्षेत्रको प्रचार प्रसारका लागि गुरु योजना बनाएरै लाग्ने प्रदेश पर्यटन मन्त्री लिला गिरीले बताउनुभयो ।
प्रदेश सांसद रामजी प्रसाद घिमिरेल यो क्षेत्रलाई पाँच नम्बर प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय स्थल बनाउन आफूले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसदहरु दधिराम न्यौपाने, जाल्पा भुसाल, निर्मला क्षेत्री, पूर्व सांसदहरु नेत्र पन्थी, नजिर मिया, यादव वहादुर रायमाझि, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान), पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमलगायतले पाणिनिको तपोभूमिको विकासमा लाग्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।