विदेश जान चाहनेले घरमै बसेर काम खोज्न सक्ने

 कात्तिक १८, २०७५ आइतबार १८:४५:२८ | उज्यालो सहकर्मी

काठमाडौं – वैदेशिक रोजगारीमा जान चाहनेलाई काम, पाउने सेवा सुविधा लगायतका विषयमा जानकारी दिने गरी वैदेशिक रोजगार बोर्डले वेबसाइट ल्याउने भएको छ । 

बोर्डले आफ्नो स्थापनाको १० औं वार्षिकोत्सवको अवसरमा नेपाली कामदारले आफू जान लागेको कम्पनी, आफूले गर्नुपर्ने काम, तलव सुविधा तथा लागत खर्च लगायतका कुरा अनलाइन मार्फत नै हेर्न पाउने गरी नयाँ वेबसाइट ल्याउन लागेको जानकारी दिएको हो । 

नयाँ वेबसाइटको बारेमा जानकारी दिदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले बोर्डले सुरु गर्न लागेको नयाँ अनलाइन मार्फत कामदारले आफ्नो चाहना अनुसारको काम खोज्न सक्ने र दलालबाट ठगीने सम्भावना कम हुने विश्वास व्यक्त गर्नुभयो । 

अहिलेसम्म विकास गरिएको साइटको सेवाका बारेमा प्रस्तुत गर्दै इन्जिनियर श्रेष्ठले अनलाइनमार्फत आफ्नो प्रदेश वा जिल्लामा भएका म्यानपावर कम्पनी अभिमुखिकरण तालिम केन्द्र, स्वास्थ्य परिक्षण गर्ने संस्था लगायतका बारेमा पनि जानकारी पाइने बताउनुभयो । 

नयाँ वेबसाइटमा वैदेशिक रोजगार विभागले प्रमाणीकरण गरेको माग मात्रै राखिने भएकाले घरमै बसेर कामदारले आफ्नो इच्छा अनुसारको भरपर्दो काम खोज्न सक्नेछन् । 

अन्तिम अपडेट: मंसिर २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अर्जुन लकान्द्रि

    Nov. 4, 2018, 7:27 p.m.

    सरकारले पहिला विदेशगएकाहरुको श्रम सुनिश्चित गरे हुन्थ्यो कि ? विदेश जान चाहनेहरुलाइ घरमानै बसेर रोजगार खोज्ने website बनाउने भनी आशा मात्र कति देखाउने ? अब जनताले आशा होइन, काम पहिला हेर्न चाहन्छ्न ।

  •  0 Reply

तपाईको प्रतिक्रिया