अफ्रिकी देश चाडमा किसान र गाई गोठालाबीच झडप, १० जनाको ज्यान गयो

 जेठ १४, २०८० आइतबार ९:३९:४५ | एजेन्सी
unn.prixa.net

अफ्रिकी देश चाडमा गाई गोठाला र किसानबीच भएको झडपमा १० जनाको ज्यान गएको छ । राजधानी एनजामेनाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा भएको घटनामा उनीहरुको ज्यान गएको हो ।

हत्यामा संलग्नलाई पक्राउ गरिएको स्थानीय गभर्नरलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । गएको बिहीवार एक १२ वर्षीय गोठालाले आफ्ना गाईबस्तुलाई किसानको बदाम खेतमा लगेपछि विवाद सुरु भएको थियो । विवादपछि झडप हुँदा उनको ज्यान गएको थियो । त्यसपछि ज्यान गुमाउनेका आमाबाबुले बदला लिन नौ जना किसानको हत्या गरेका खबरमा उल्लेख छ ।

चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्बर सीमा क्षेत्रमा प्रायः घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडपका घटना हुँदै आएका छन् । यस्ता घटनाको मुख्य कारण खेतबारीमा लगाएको बालीमा बस्तुभाउ चराउँदा हुने गरेको छ ।

गोठालाहरूले आफ्ना गाईबस्तुहरूलाई बालीमा छाडिदिने गरेको आरोप किसानले लगाउने गरेका छन् । तर गोठालाहरूले त्यहाँ आफ्ना बस्तुभाउ चराउनु परम्परागत अधिकार भएको दाबी गर्दै आएका छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया