डलर, युरो र रियालको भाउ बढ्यो
मंसिर २८, २०८१ शुक्रबार
म्याग्दी – म्याग्दीको धौलागिरी गाउँपालिका–१, स्थित गुर्जा हिमालको आधार शिविरमा बेपत्ता भएका पर्यटकहरुमध्ये ८ जनाको शव भेटिएको छ ।
गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ८ जनाको शव देखिएको घटनास्थल पुगेर फर्किनुभएका प्रत्यक्षदर्शी सोमप्रसाद छन्त्यालले टेलिफोनमा जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार क्षतविक्षत अवस्थामा शवहरु रहेका छन् भने हिमआँधीका कारण यत्रतत्र टेन्ट समेत छरिएको छ । ७ हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको थियो । हिमआँधीका कारण दुर्घटना भएको बताइएको छ । शनिबार बिहान उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर घटनास्थल पुगेपनि अवतरण हुन नसकेपछि फर्किएको छ ।
गुर्जाखानी गाउँबाट ५ घण्टाको दूरीमा गूर्जा हिमालको बेसक्याम्प पर्दछ । कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गुर्जा हिमाल आरोहणका लागि प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको थियो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीको टोली हिम आँधीहुरीमा परेको बताउनुभयो ।
दक्षिण कोरियाली ‘किम चाङ हो’ को नेतृत्वमा गएको टोलीमा कोरियाली नागरिक यु योङ्जीक, रिम इल जिन र लि जाई हुन तथा नेपाली नागरिकमा वाङचु शेर्पा, तेन्जिङ भोटे र लाक्पा साङ्बु भोटे रहेका छन् । अन्य दुई जना भने गाउँकै नागरिक हुन सक्ने बताइएको छ ।
उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर घटनास्थल पुगे पनि अवतरण हुन नसकेको बताउँदै उहाँले घटनास्थल पुगेको टोलीले आफूलाई हेलिकप्टरबाट हेर्दा शवजस्तो देखिएको जानकारी गराएको बताउनुभयो ।
हिमआँधी र हावाहुरीमा परेर बेपत्ता भएका पर्यटकको उद्धारको कार्य जारी राखिएको प्रजिअ अधिकारीको भनाई छ । घटनाको बारेमा जानकारी आएलगत्तै शनिबार बिहानै ताकम प्रहरीचौकीबाट घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार पर्यटकलाई लिएर गएको गाइडले पनि उद्धार गर्न समेत समस्या रहेको बताएका छन् । अप्ठ्यारो ठाउँ र सञ्चारले पनि काम गर्न नसक्ने ठाउँमा दुर्घटना भएको हुँदा शव सङ्कलनमा समस्या रहेको जनाइएको छ ।
हिमाल आसपासका क्षेत्रमा रहेका वनजङ्गलका रुख समेत हावाहुरीका कारण भाच्चिँएको अवस्थामा भेटिएकाले अत्याधिक हावाहुरीका साथै हिमआँधीले गर्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यसै साता मात्रै गुर्जा हिमाललगायत अन्य हिमाल आरोहणको लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेका थिए । एक दशकपछि मात्रै गुर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।