नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
धनकुटा - सिप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुनुहुन्छ, धनकुटाका कृष्ण रसाइली । ४० वर्षीय रसाइलीले पाँच वर्षअघि माेरङबाट धनकुटा बसाइँ सरेर काष्ठकला उद्योग स्थापना गर्नु भएकाे हाे ।
महालक्ष्मी नगरपालिका-९ को ग्रामीण क्षेत्रमा उद्याेग सञ्चालन गरिरहनुभएका रसाइलीले लाेभलाग्दाे कमाइसँगै केहीलाई राेजगारी समेत दिनु भएकाे छ । रसाइली भन्नुहुन्छ 'श्रम र सिप हुनेलाई नेपालमै काम र दाम पर्याप्त छ, विदेश जानै पर्दैन ।'
त्यसाे त २०६३ सालमा उहाँ आफैँ रोजगारीका सिलसिलामा मलेसिया पनि जानुभयाे । सोचेजस्तो पारिश्रमिक नपाउँदा खान–बस्नसमेत नपुगेपछि रसाइली त्यहाँबाट भागेर अवैधानिकरूपमा साढे चार वर्ष अन्यत्र सुरक्षा गार्डका रूपमा काम गर्नुभयो ।
यस समयमा मासिक १८ हजार रुपैयाँ नेपाली तलबमा काम गर्नुभएका रसाइली अनधिकृतरूपमा काम गरेको आरोपमा जेल परेर २०६८ सालमा नेपाल फर्किनुभयो । उहाँले भन्नुभयो,'विदेश बसेर पैसा कमाउन सकिएन, नेपाल आएर पुर्ख्याैली पेसामा लागेँ ।'
पुर्ख्याैली पेसा काठको काम गर्ने (चुँदार) भएकाले रसाइली त्यही कामका लागि सात वर्षअघिबाट धनकुटाका विभिन्न खोलामा काठका सामान बनाउँदै आउनुभएको छ । पानीघट्टको सहाराले काठलाई कुँदेर गरिने कामलाई रसाइलीले व्यावसायिक बनाउनुभयो ।
रसाइलीले अनुभवका आधारमा सम्भावना देखेर २०७५ सालदेखि घरमै उद्योग सञ्चालन गर्नुभयो । दुई वर्षअघि घरेलु ठेकी तोङ्वा उद्योग दर्ता गरेका रसाइलीले मासिक २० हजार रुपैयाँ पारिश्रामिक दिएर दुई सहयाेगी र ५५ हजार रुपैयाँ पारिश्रमिक दिएर तीन कालिगढ राख्नुभएको छ ।
६० देखि ७० प्रकारका काठका सामग्री बनाएर बिक्री गर्दैआउनुभएका रसाइलीले एउटा सामान दुई सयदेखि २२ हजारसम्म रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ । वार्षिक २५ लाखदेखि ४० लाख रुपैयाँसम्म कारोबार गर्ने रसाइलीले मासिक दुई लाख रुपैयाँ कमाइ गरिरहनुभएकाे छ ।
समय र उमेर रहेकै बेला विदेश र अन्यत्र भौतारिनुभन्दा बेलैमा सिप सिकेर उद्यमशील बन्नुपर्ने युवाहरूलाई उहाँको सुझाव छ । कुनै तालिम नलिइ युट्युबमा हेरेर विभिन्न सामग्री तयार गरेर रसाइलीले ताप्लेजुङ, इलाम, सुनसरी, झापा, काठमाण्डाैलगायत क्षेत्रमा बेच्दै आउनुभएको छ ।
महालक्ष्मी नगरपालिकाको जितपुर बजारमा हरेक वर्षको श्रीपञ्चमीमा लाग्ने वसन्त पञ्चमी मेलामा कक्ष लिँदै आउनुभएका रसाइलीले आफ्नो व्यवसाय प्रवर्द्धनमा नगरपालिकाले सहयोग गरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।