मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन : उदीपुर–मार्कीचोक–भर...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डौ – प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई भेटेर नेपाली श्रमिकको गन्तव्य देशमा हुने गरेका समस्या समाधानको लागि आग्रह गरेको छ ।
आइतबार मन्त्रालयमा गएर मञ्चको टोलीले साउदी, मलेसिया लगायतका देशमा रहेका विभिन्न ८ वटा समस्याबारे मन्त्री कुँवरलाई जानकारी गराएको हो । साउदीमा व्यवसायीले भोग्ने गरेका समस्याबारे मञ्चले बुँदागत रुपमा सुझावसहित ८ वटा विषयको उठान गरेको छ । जसमा कागजात प्रमाणीकरण, कोटा प्रणाली, प्रमाणपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउदी अरबस्थित कम्पनीहरुले गर्ने काम, राहदानी पेश र सूचना प्रणाली रहेका छन् ।
त्यस्तै मञ्चले मलेशियाको समस्याका बारेमा पनि मन्त्री कुँवरलाई जानकारी गराएको छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या उल्लेख्य मात्रामा भए पनि उनीहरुले त्यहाँ जादाँ विभिन्न समस्या भोग्नु पर्ने भएकाले यो झन्झटिलो प्रक्रियालाई सरल बनाउन मन्त्रीलाई पहल गरिदिन मञ्चले आग्रह गरेको मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनु भएको छ ।
उनीहरुका समस्यालाई बुझ्दै मन्त्री कुँवरले आफूले यी समस्या समाधानका लागि पहल गर्ने वचन दिनु भएको छ । उहाँले आफूले सम्बन्धित देशका राजदूतलाई भेटर पनि नेपाली कामदारलाई सहज वातावारण बनाउनका लागि पहल गरेको जानकारी दिनुभयो । साथै उहाँले अहिले वैदेशिक रोजगारीमा थुप्रै खालका समस्या देखिएकाले श्रम बजार मात्रै नभई व्यवसायलाई पनि मर्यादित बनाउनका लागि सबैले पहल गर्नुपर्ने बताउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।